arrow

यसपटक कांग्रेसको ‘म्यान अफ द इलेक्सन’ शेखर कोइराला

logo
प्रकाशित २०७२ चैत १ सोमबार
shekhar-Koirala.jpg.jpeg
काठमाडौं । कांग्रेसको १३औं महाधिवेशनको म्यान ‘अफ द इलेक्सन’ शेखर कोइराला भएका छन् । खुला केन्द्रीय सदस्यबाट निर्वाचित शेखरले सवै भन्दा बढी १८ सय ४८ मत ल्याए । दोस्रो खुमबहादुर खड्का भए । खुमबहादुरले दुई मत कम १८ सय ४६ मत ल्याए । तेस्रो भएका सभापति शेरबहादुर देउवाले १८ सय २२ मत ल्याए । देउवाका प्रतिद्वन्द्वी रामचन्द्र पौडेलले १२ सय ९६ मत ल्याए ।
 
पहिलो चरणको निर्वाचनमा भने देउवा ११ मतले सभापति हुनबाट रोकिएका थिए । पहिलो चरणमा खसको कुल मत ३१ सय ४८ मध्ये देउवाले १५ सय ६४, रामचन्द्र पौडेलले ११ सय ६० र कृष्ण प्रसाद सिटौलाले ३ सय २४ मत ल्याएका थिए । जसमा सय मत बदर भएको थियो । दोस्रो चरणमा भने २८ कम ३१ सय २० मत खसेको थियो । जितका लागि आवश्यक मत ल्याउन नसक्दा सभापतिमा पुनः निर्वाचन भएको थियो । 
 
यसैबीच, १२औं महाधिवेशन भन्दा मतदाता बढेपनि यस पटक म्यान अफ द इलेक्सन हुनेले त्यति मत ल्याउन सकेनन् । १२औ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका गगन कुमार थापाले २ हजार ६१ मत ल्याएर ‘म्यान अफ द इलेक्सन’ भएका थिए । अर्जुननरसिंह केसी २०३४ मत ल्याउँदै दोस्रो भएका थिए । संयोग यसपटक दुबै महामन्त्रीमा पराजित भए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ