arrow

नेयमारलाई रेफ्रीको अपमान गरेको आरोप

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
Neymar-psg.jpg

एजेन्सी। ब्राजिलियन फुटबल स्टार नेयारलाई युरोपको फुटबल नियमन संस्था युईएफएले च्यमपियन्स लिगमा म्यानचेस्टर युनाईटेड र पेरिस सेन्ट जर्मन क्लब बिचको खेलमा खेल अधिकारीहरुलाई अपमान गरेको भन्दै आरोप लगाएको छ। उक्त अपमानले नेयमार अफठ्यारोमा पर्न सक्नेछन्।

नेयमारले च्याम्पियन्स लिग राउण्ड अफ सिक्सटिनको पिएसजी र म्यानचेस्टर युनाईटेडको खेलमा दोस्रो लेगको खेलमा अन्तिम समयमा भिडियो असिस्टेन्ट रेफ्री (भार)ले म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी दिएको थियो। उक्त खेलमा नेयमार घाईते भएर मैदान बाहिर रहेका थिए।  

पिएसजीका खेलाडी किम्पेम्बेको हातमा बल लागेको थियो र पेनाल्टी दिईएको थियो। उक्त पेनाल्टीको मदतले ३-१ गोलले जित्दै म्यानचेस्टर क्वाटरफाईनल प्रवेश गरेको थियो। पहिलो लेगमा पिएसजीले २-० गोलेल खेल जितेको थियो। कुल गोल ३-३ भए पनि अवे गोलमा धेरै गोल भएको कारणले म्यानचेस्टर क्वार्टरफाईनल पुगेको हो।

उक्त निर्णयलाई नेयमारले ईन्स्टाग्राममा लेखे ‘ यो घिनलाग्दो छ , चारजना जस्लाई फुटबलको बारेमा केही थाहा छैन उनीहरुलाई भारको बारेमा निर्णय गर्न राखिएको छ। त्यो पेनाल्टी थिएन। पछाडीबाट आएको बलले हातमा लाग्दा कसरि ह्यण्ड बल हुन्छ ? ‘

युईएफएको अनुशासन समितीमा नेयमारको उजुरीको सुनुवाई हुने भएको छ। उक्त सुनुवाईको मिती तोकिएको छैन्। समितीले अन्तिम निर्णय गर्न बैठकको मिती चाँडै सार्वजनिक हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ