arrow

२७ हजार अर्ब ऋण रहेको पाकिस्तानमा फेरि थपियो २ अर्ब डलरको चिनियाँ भार

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
china_pakistan.jpg

काठमाडौं । पाकिस्तानलाई चीनले थप २ अर्ब डलर बराबरको रकम ऋण दिन लागेको छ । आर्थिक रुपमा कमजोर हुँदै गएको तथा अहिले नै पनि तीब्र कर्जा चुक्ता गर्न बाँकी रहेको पाकिस्तानको खस्किँदो आर्थिक स्थितिलाई सम्हाल्नको लागि चीनले थप ऋण दिन लागेको हो । 

सो रकम सोमबारसम्म हस्तान्तरण गर्ने तयारी चीनको छ । पाकिस्तानको अखबार डनका अनुसार चीन सरकारले २ दशमलव १ अर्ब डलर ऋण सहयोग दिन लागेको पाकिस्तानी अर्थमन्त्रालयका सल्लाहकार एवं प्रवक्ता खक्कान नजीब खानले जानकारी दिए । सो ऋण लिनको लागि सबै प्रक्रियाहरु पूरा भईसकेको छ । 

२०१८ नोभेम्बरमा चिनियाँ प्रधानमन्त्री ली केकियाङ्ग र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच यसबारेमा छलफल भएको थियो । सोही भेटमा चीनले इस्लामावादको समस्या समाधानको लागि सहयोग गर्न तयार रहेको कुरा उल्लेख गरेको थियो । 

समाचार अनुसार यो निर्णय प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा मंगलवार बसेको मन्त्रिमण्डलको बैठकबाट गरिएको हो । पाकिस्तानमाथि यस समय २७ हजार अर्ब पाकिस्तानी रुपैयाँ बराबर ऋणको बोझ छ । पाकिस्तानको २ रुपैया बराबर भारतको १ रुपैया हुन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ