arrow

समन्बय नहुदा खानेपानी आयोजना सुस्त गतिमा

logo
प्रकाशित २०७५ चैत ९ शनिबार
water-crisis-1.jpg

काठमाडौं। केन्द्र र स्थानीय तह तथा सरकारी निकाय बीच आपसमा समन्बय नहुदा खानेपानी आयोजना लगायतका बिकास निर्माणका काम आशातीत अघि बढन नसकेको संसदको विकास समितिकी सभापति कल्याणी खड्काले बताए। 

२७ औं विश्व पानी दिवसको अवसरमा  वास मिडिया फोरमले आयोजना गरेको ‘नेपालमा खानेपानी बिषयको वास बहस’ मा बोल्दै सभापति खड्काले खानेपानीका मुहानहरु अन्य बिकास निर्माणका कार्यले गर्दा सुक्दै गएको र यी मुहान संरक्षण गर्र्र्न केन्द्र तथा स्थानीय निकायबीच समन्वयको जुन खाडल छ त्यसलाई पुर्नका लागि यदी कानुन बाधक छ भने त्यसलाई परिमार्जन वा नया बनाएर भएपनि अघि बढनुपर्नेमा जोड दिए।सडकका नाममा बन फडानी, आगलागी, गाँउ गाँउमा डोजरको आतंक लगायतका अनधिकृत कार्य बढ्दो क्रममा रहेको र यसले खानेपानीको मुहान सुक्ने देखि भुक्षय लगायतका वातावरणीय समस्या पनि तिब्र रुपमा बढदै गएकाले यसलाई रोक्न भएका कानुन कार्यान्वयन वा परिमार्जन नै गर्नुपर्ने उनले बताए। 

विकास निर्माणको नाममा अनधिकृत तवरले खनिएका बाटोघाटोकै कारण बन फडानी लगायतका प्राकृतिक स्रोतको दोहन , खानेपानीको मुहान सुक्दै जाने र डोजर आतंकले पानीको मुहान सुक्ने मात्र नभई वातावरणीय प्रभाब पनि बढदै गएको छ । यसलाई रोक्नका लागि स्थानीय निकाय मात्र लागेर पुग्दैन जनता र स्थानीय समुदाय पनि सजग भएर खबरदारी गर्ने कार्यमा अग्रसर हुनुपर्ने उनले बताए।

यसका साथै खानेपानीको स्रोतको संरक्षणका लागि चुरे संरक्षण गर्नुपर्ने र यसबाटै खानेपानीको पनि संरक्षण हुने उहाँको भनाई थियो। प्राकृतिक स्रोत दोहनका कारण चुरे दोहनलाई रोक्न सकेनौं भने भूमिगत पानीको स्रोतलाई पनि जोगाउन नसक्ने र यसले तराईको अन्नभण्डार पनि मरुभूमिमा परिणत हुने प्रति सजग रहनुपर्ने सभापति खड्काले प्रष्ट पारे। 
खानेपानीका आयोजनाहरु समयमा पुरा नहुनुमा ठेक्का पट्टामा भएको ठुलो चलखेल : पूर्व खानेपानी सचिव भीम उपाध्याय
कार्यक्रममा  पूर्व खानेपानी सचिव भीम उपाध्यायले  अहिले खानेपानीका आयोजनाहरु समयमा पुरा नहुनुमा ठेक्का पट्टामा भएको ठुलो चलखेल नै कारक रहेको बताए। ठेकेदारहरुको चलखेल र सरकारको लापरबाहिले धेरैजसो खानेपानीका आयोजना पुरा हुन नसकेको उनले प्रष्ट पारे। 

ठेकेदारले समयमा आयोजना सम्पन्न नगरेको अवस्थामा के कति कारणले भएन त्यो सुक्ष्म अनुगमन गर्ने र कारबाही गर्न पछि हट्न नहुनेमा उनको जोड छ। स्वच्छ र सुरक्षित पानी नपिउने बालकको तुलनामा पिउने बालक स्वस्थ हुने मात्र होइन उसको मस्तिष्क पनि तेज र तीक्ष्ण हुने उपाध्यायको भनाइ छ। पछिल्ला बर्षहरुमा खानेपानी र सरसफाइमा गरेको लगानीले पानीजन्य रोगहरुमा कमी आएको तथ्यांकले पुष्टि गरेपनि राज्यले खानेपानीमा कम लगानी गरेको र प्राथमिकतामा नपारेकोमा उनले गुनासो गरे।

१३ प्रतिशत जनता खानेपानीको पहुँच बाहिर : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल
खानेपानीमा ८७ प्रतिशत नागरिकको पहुँच पुगे पनि बाँकी १३ प्रतिशत यसको पहुच बाहिर रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए।

सरकारी तथ्यांकले ८७ प्रतिशत नागरिकको खानेपानीमा सहज पहुँच भएपनि बाँकी १३ प्रतिशतले कसरी उपभोग गरिरहेका छन् भन्ने अवस्थाको खोजी हुनुपर्ने अध्यक्ष दाहालको भनाइ थियो। यसका लागि घरघरमा यसको तथ्यांक संकलन गर्न संयन्त्र पुग्नुपर्नेमा उनको जोड थियो। 

अहिले गाउगाउमा जनता आफैले पाइपको व्यवस्था गरेर मुहानदेखि घरसम्म पानी पुरयाइरहेका छन भने सरकारले हामीले पानी घर पुरयाइदिएका छौ भनेर बसिरहेका छन। अधिकाश पहाडी तथा हिमाली भेगमा पानीको मुहान सुक्न थालेर बसाइसराइ गर्ने बढदै गइरहेका छन भने कतिपयले डाँडामा रहेको बस्तीका लागि नदी तथा खोलाको पानी लिफ्टीङ गरेर लैजाने प्रविधि भए पनि त्यो महँगो हुने र प्रति व्यक्ति लागत नै अत्यधिक हुने  गरेको छ। पानी सामाजिक र आर्थिक बिषयसंग जोडिएपनि मुलतः यो मानविय बिषय भएकाले यसप्रति सरकारले बढी जोड दिनुपर्ने अध्यक्ष दाहालको भनाइ छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ