स्वास्थ्य मन्त्रालयले अदालतको आदेश विपरित गरेको आरोप
प्रकाशित २०७५ चैत ९ शनिबार
862
Shares
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतले गरेको आदेशलाई उल्लघन गरेको आरोप लागेको छ ।
सिंहदरबार वैद्यखाना विकास समितिका प्रवन्ध निर्देशन डा. वंशदिप शर्मा खरेललाई उनले पाएको चार बर्षको जिम्मेवारी मध्ये बाँकी अवधि प्रवन्ध निर्देशक पदमै रहि कार्य गर्न पाउने आदेश विपरित मन्त्रालय नेतृत्वले दुख दिएको आरोप लागेको हो ।
सिंहदरबार वैद्यखाना विकास समितिमा हाजिर भइ कार्य गरिरहँदा स्पस्टिकरण सोध्ने, जिम्मामा रहदा उत्पादन, साँचो ताला कागजात, सवारी साधन समेत नदिइ २०—२५ दिन बित्दा समेत कार्यलयका सम्पूर्ण कार्य ठप्प पारेको आरोप छ। अझ प्रवन्ध निर्देशक खरेलको स्थानमा डा. सुरेन्द्र रायलाई नियुक्ति गरि पठाउने अन्तिम तयारी समेत मन्त्रालयले गरेको स्रोतको भनाइ छ ।
डा. वंशदीप शर्मा खरेललाई २०७५ फाल्गुण १२ गते रीट जारी गर्ने आदेश सर्वोच्च अदालतबाट भएको थियो ।