arrow

कलियुगको चरम रुप हो यो, के मात्रै हुँदैन यो युगमा ? 

logo
प्रकाशित २०७५ चैत ९ शनिबार
kaliyuga-11.jpg

काठमाडौं। ज्योतिष र पौराणिक ग्रन्थहरुमा युगको मान अलग-अलग हुन्छ। पौराणिक ग्रन्थ अनुसार चार युग हुन्छ। सत्य, त्रेता, द्वापर र कलि। भनिन्छ कि कलियुगमा हामी सबैको पाप चरम रुपमा पुग्दछ। वर्तमानमा कलिकाल अर्थात कलियुग चलिरहेको छ। ग्रन्थहरुमा यस युगमा के के हुन्छ। यो स्पष्ट लेखिएको छ कि यो पनि हो कि यस युगमा जब काहिँ पनि प्रलय हुन्छ। केवल हरि कीर्तनले मात्रै उसलाई बचाउँछ। 

१.सत्ययुग 
सत्ययुगमा प्रतिकात्मक तरिकाले धर्मको चार खुट्टा हुन्छ। सत्ययुगमा मनुष्यको लम्बाई ३२ फिट अर्थात लगभग २१ हातको बताइएको छ। यस युगमा पापको मात्रा ० विश्वा अर्थात् ० प्रतिशत हुन्छ। पुण्यको मात्रा २० विश्वा अर्थात् १०० प्रतिशत हुन्छ। राजा हरिशचन्द्र भएका थिए। हरिश्चन्द्रले सत्यको लागि स्वयं परिवार र अन्तमा स्वयं बलिदान समेत दिएका थिए।

२.त्रेतायुग
त्रेतायुगमा धर्मको तीन खु्ट्टा हुन्छन्। यस युगमा मनुष्यको लम्बाई २१ फिट अर्थात लगभग १४ हात बताइएको छ। यस युगमा पापको मात्रा ५ विश्वा अर्थात् २५ प्रतिशत हुन्छ। र पुण्यको मात्रा १५ विश्वा अर्थात् ७५ प्रतिशत हुन्छ। यस युगमा विष्णुको वामन र राम अवतार भएका थिए। असुर राज बालीले तीन पगमा धरती दान गरेका थिए। जबकि राक्षस राज रावणद्वारा सीताको अपहरण गरेपछि उनले छुनसम्म पनि छोएनन्।

३.द्वापर
द्वापरमा धर्मको दुई पाउ हुन्छ। यस युगमा मनुष्यको लम्बाई ११ फिट अर्थात लगभग ७ हात बनाइएको छ। यस युगमा पापको मात्रा १० विश्वा अर्थात् ५० प्रतिशत हुन्छ। जबकि पुण्यको मात्रा १० विश्वा अर्थात् ५० प्रतिशत हुन्छ। मतलब यो हो कि यस युगमा आधा मनुष्य पापी र आधा पुण्यात्मा हुन्छन्। यस युगमा महाभारतको युद्ध भएको थियो। यो युद्ध धर्मयुद्धको रुपमा थियो। कृष्णले धर्मको रक्षा गरिएको थियो। 

४.कलियुग
द्वापरमा दुई पाउ हुन्छ। अब कलिकालमा धर्मको स्थानबारे नामनिशाना हुँदैन। धर्म अब पंगु बनिसकेको छ। यस युगमा मनुष्यको औसत लम्बाई ५ फिट ५ इन्च अर्थात लगभग साढे तीन हात बताइएको छ। यस युगमा धर्मको सिर्फ एक चौथाई अंश रहन्छ। यस युगमा पापको मात्रा १५ विश्वा अर्थात् ७५ प्रतिशत हुन्छ। जबकि पुण्यको मात्रा ५ विश्वा अर्थात् २५ प्रतिशत हुन्छ।

तर, वर्तमानमा देखिएको काल कलियुगको चरम काल हो। २५ प्रतिशत पुण्यको मात्रा बताइएको छ। यस्तो अब काहिँ पनि देख्न पाईँदैन भन्ने शास्त्रमा उल्लेख छ। यसमा अहिले जम्मा ५ प्रतिशत मात्रै पुण्य बाँचेको हुन्छ। अब चारै तर्फ पापै पाप भेटिन्छ।

कल्की भगवान
भगवान कल्की केवल तीन दिनमा पृथ्वीबाट समस्त अधर्मीहरु नाश गर्नेछन्। फेरि अन्तमा कलियुगमा अन्तिम समयमा एकदमै मुसलधारे पानी लगातार परिरहन्छ। जसले चारैतर्फ पानी नै पानी हुनेछ। समस्त पृथ्वीमाथि पानी नै पानी हुनेछ। र अन्तमा  प्राणीहरुको अन्त हुन्छ। यसपछि एक साथ बारह सूर्य उदय भएजस्तो कल्कीको तेजले पृथ्वी सुख्खा भएर सबै सृष्टी विनास भएका छन्।

कलियुगबारे के छ भागवत पुराणमा कुरा ?
श्रीमद्भागवत पुराण हिन्दू समाजको सर्वाधिक आदरणीय पुराण हो। यो वैष्णव सम्प्रदायको प्रमुख ग्रन्थ हो। यस ग्रन्थले वेद, उपनिषद तथा दर्शन शास्त्रको गौण एवंम रहस्यमय विषयहरुलाई अत्यन्त सरलताको साथ दर्शाउदछ।यसलाई हिन्दु धर्म र संस्कृतिको विश्वकोष भनिन्छ। करोडौ  वर्ष देखि यो पुराणले  हिन्दू समाजको धार्मिक, सामाजिक र लौकिक मर्यादा स्थापनामा महत्वपूर्ण भूमिका रहेको छ।
 
तपाईलाई यो जानेर आश्चर्य हुनसक्छ कि कलियुगमा के-के घटना हुनेछ भनेर यसको भविष्यवाणी भागवत पुराणमा धेरै बर्ष पहिलानै लेखिएको छ । हेरौ भागवत पुराणमा भविष्यवाणी गरिएका केहि तथ्यहरु  । धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवन  अवधि, शारीरिक शक्ति र स्मृति प्रत्येक मानिसमा दिन-दिनै घटदै जानेछ। कलियुगमा धन सम्पति हुने मानिसलाई  गुणी मानिनेछ र कानून, न्याय केवल एक शक्तिको आधारमा लागु हुनेछ।

यस युगमा पुरूष र स्त्री साथ-साथै बस्नेछन् र व्यापारमा सफलता छलमा निर्भर हुनेछ । पहिलाको समयमा जो ब्राह्मण थिए उनिहरुले आफ्नो शरीरमा धेरै कुराहरु धारण गर्दथे भने कलियुगमा ति मानिसहरु एक धागा जनाई मात्र लगाएर आफुलाई ब्राह्मण हु भनेर दावि गर्नेछन् ।

जो व्यक्ति धेरै चलाख र स्वार्थी हुन्छन् उनिहरु यस युगमा धेरै विद्वान मानिनेछन् ।यस युगमा जो व्यक्तिसँग धन हुदैन उ अधर्मी, अपवित्र र बेकारको मानिनेछ । विवाह एक सम्झौता मात्र हुनेछ पुरूष र स्त्री बीच। मानिसहरु नुहाएरनै अन्तरआत्मावाटनै सफा सुघर रहेको सम्झने छन् । पेट भर्नुनै मानिसहरुको लक्ष्य हुनेछ । मनुष्यको  सुन्दरता उसको कपालमा हुने मानिनेछ ।

पृथ्वी भ्रष्ट मानिसहरुले भरिनेछ र मानिसहरु सत्ता हासिल गर्नको लागि एक अर्काको ज्यान लिनेछन् ।अकाल र अत्याधिककरण द्वारा परेशान, मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन् । पृथ्वी सुख्खा हुनेछ। मौसम परिवर्तन भएर चिसो, हावा, गर्मी, पानि र हिउँले  मानिसलाई  चिन्तित बनाउनेछ।



नयाँ