arrow

लोकसभा चुनावको एजेण्डा : हर परिवारलाई १० लिटर शुद्ध रक्सी 

logo
प्रकाशित २०७५ चैत ९ शनिबार
loksabha.jpg

नयाँ दिल्ली । लोकसभा चुनावको तयारीहरु जोर-जोर रुपमा चलिरहेको छ । सबै दलहरु स्‍टार प्रचारक र उम्‍मेदवार ठाउँ ठाउँमा र्‍यालीहरुमा गएर आश्वासनको भारी बोकाउनमै व्यस्त देखिन्छन् । तमिलनाडुको एक निर्दलीय प्रत्‍याशीको भने अचम्मको चुनावी एजेण्डा अघि आएको छ । ती उम्‍मेदवारले चुनाव जीतेपछि आफ्नो इलाकाको मानिसलाई हर महिना दस लिटर शुद्ध रक्सी दिने शराब दिने भनेका छन् । 

५५ वर्षीय एएम शेख दाऊद यस पटक लोकसभा चुनावको मैदानमा छन्। उनी मूल रूपले इरोड जिल्लाको अन्थियुर इलाका स्थायी निवासी हुन् । उनले तिरुपुर लोकसभा सीटबाट शुक्रवार नामाङ्कन पत्र भरेका छन् । उनले भनेका छन् कि आफूले चुनाव जितेमा हरेक परिवारलाई महिनाको १० लिटर शुद्ध रक्सी दिइने । 

परिवारको महिला मुखियालाई हरेक महिना २५ हजार रुपैयाँ  
नामाङ्कन पत्र भरेपछि आफ्नो प्रतिबद्धतालाई लिएर उनी भन्छन्, 'मेरो चुनावी घोषणापत्रमा १५ प्रमुख कुराहरु छन् । जो जनतालाई सीधै लाभ पुर्याउनेछ । म हर घरको महिला मुखियालाई सरकारको तर्फबाट हर महिना २५ हजार रुपैयाँको व्यवस्था गराउनेछु ।' रक्सी दिने विषयमा आफ्नो एजेण्डा स्पष्ट गर्दै दाउद शेखले भने,'मैले कसैलाई नराम्रोकाममा लागुन् भनेर यस्तो गरेको होइन । पुडुचेरीबाट शुद्ध ब्राण्डको रक्सी हर परिवारको लागि उपलब्ध गराउँछु । जसको प्रयोग मानिसले औषधिको रुपमा गर्न सकुन्।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ