arrow

चिनियाँ पत्रिकाको चेतावनी : चुनावकोलागि चीनलाई डर देखाउनु भारतको लागि खतरा

logo
प्रकाशित २०७५ चैत ९ शनिबार
india-china1.jpg

काठमाडौं । पछिल्लो फेब्रुअरी १४ मा भएको भारतको पुलुवमा घटनाका मुख्य आरोपी मसूद अजहरलाई संयुक्त राष्ट्र संघबाट आतंककारी घोषणा गर्नेबारे चीनले असहमति जनाईदिएपछि भारत चीनसँग रुष्ट छ । यही आक्रोशकाबीच भारतले चिनियाँ सामान प्रतिबन्ध लगाउने नीति समेत लिएको छ । भारतमा यस्तो ह्वीम नै चलेको छ कि भारतमा चिनियाँ सामानहरु प्रतिबन्ध लगाउनको लागि सबै एकजुट भएका छन् । यसैबीच चीनको सरकारी सञ्चार संस्था ग्लोबल टाईम्सले एक आर्टिकल मार्फत् जति बाईकट गरेपनि चीनको सामान नकिनि सुख छैन भन्ने जस्तो अभिव्यक्ति दिएका छन् । 

चीनको सरकारी अखबार ग्लोबल टाइम्सको आलेखमा भनिएको छ मसूद अजहरलाई वैश्विक आतंककारी घोषित गर्ने प्रयासलाई यूएनमा चीनद्वारा रोक भएपछि भारतमा आक्रोश बढेको छ। यसका कारण भारतको सामाजिक सञ्जालहरुमा ३बाइकट चाइनिज प्रोडक्ट्स व्यापक लोकप्रिय बनेको छ । तर यो प्रयास हरेक पटकको जस्तै यस पटक पनि असफल भएको छ । ग्‍लोबल टाइम्‍स अखबारले भनेको छ कि भारत स्वयं प्रोडक्ट्सको उत्पादन गर्न सक्दैन । 

भारतीय मैन्युफैक्चरिङ्ग इण्डस्ट्री अझै पनि अविकसित रहेको छ । यसमा प्रतिद्वन्द्विताको क्षमता समेत छैन । यहि स्थितिमा भारतले नचाहँदा नचाहँदै पनि चिनियाँ प्रोडक्‍टलाई प्रयोग गर्नै पर्छ । यो लेखमा पछिल्ला केही वर्षदेखि भारत र चीनबीचको सम्बन्ध एकदमै सुधार भएको कुरा पनि उल्लेख गरिएको छ । चीन समेत भारतको व्यापार घाटालाई कम गर्ने कोशिश गरिरहेको छ । तर, यसको साथ साथ यो पनि भनेको छ कि यदि अब आउने लोकसभा चुनावमा प्रत्याशी राष्ट्रवादको लागि र सस्तो लोकप्रियताको लागि चीनलाई डर देखाईयो भने यो भारतको लागि घाटा हुनसक्छ । 

रिपोर्टका अनुसार यो हथकण्डा देशको अर्थव्यवस्था, म्यान्युफ्याक्चरिङ्ग या मानिसको जीवनस्तरलाई सुधार्न सकिँदैन । अखबारले भारतीय नेताहरुलाई ट्विटरमा नारा बनाउनुको साँटो देशलाई मजबूत बनाउन पनि सुझाव दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ