arrow

इंगल्याण्डमा विशाल प्रदर्शन, उठ्यो जनमत संग्रहको माग

logo
प्रकाशित २०७५ चैत १० आइतबार
englad-referendum.jpg

काठमाडौं। इंगल्याण्डमा युरोपियन युनियन इयुबाट बाहिरिने विषयमा पुनः जनमत संग्रहको माग उठेको छ। जनमत संग्रहका लागि लन्डनमा विशाल प्रदर्शन भएको छ। इंगल्याण्डकी प्रधानमन्त्री टेरिजा मे युरोपियन युनियनबाट बाहिरिनु पर्छ भन्ने पक्षमा छिन् भने विपक्षीहरु बाहिरिनु हुन्न भन्न पक्षमा छन्। बाहिरिनु हुन्न भन्ने पक्षले संसद् भवन अगाडि विशाल प्रदर्शन गरेको हो। प्रदर्शनमा हजारौं प्रदर्शनकारी सहभागी भए। 

प्रदर्शनपछि संसद्को बाहिरी क्षेत्रमा भेला भएकाहरुलाई स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लण्डनका नगर प्रमुख सादिक खान, प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनलगायतले सम्बोधन गरेका थिए। युरोपेली नेताहरुले गत बिहीबार मात्रै इंगल्याण्ड इयुबाट बाहिरिने प्रक्रियामा ढिलाइ गर्न सहमति जनाएका थिए । प्रदर्शनमा युवायुवतीदेखि वृद्धवृद्धासम्म सहभागी भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ