arrow

युपीमा बीजेपीका २५ सांसद फेल, केन्द्रीय मन्त्रीसहितका सबैको टिकट जफत

logo
प्रकाशित २०७५ चैत १० आइतबार
loksabha1.jpg

लखनउ । उत्तर प्रदेशमा कठिन चुनावी लड़ाईको सामना गरिरहेको भारतीय जनता पार्टी बीजेपी एक तिहाई लोकसभा सीटमा आफ्ना उम्मेदवार बदल्ने तैयारीमा जुटेको छ। बीजेपी नेतृत्वका उम्मेदवारहरुको चयनमा जित्ने क्षमता, प्रस्तुति र छवि जस्ता तीन पहलहरुलाई ध्यानमा राखेको छ। पार्टी स्रोतका अनुसार भाजपा प्रमुख अमित शाह यस्तो कोही पनि उम्मेदवारलाई फेरि उठाउन चाहँदैनन् कि उनीहरु कुनैपनि एक तरहले कमजोर हुन् । यूपीको २५ सीटबाट उम्मेदवार बदल्ने तयारी छ । 

पार्टी सूत्रका अनुसार प्रमुख नेताहरुको बीचमा प्रत्येक सीटमा उम्मेदवारहरुलाई लिएर गहन चर्चा चलिरहेको छ । यत्ति मात्रै होइन उम्मेदवारहरुको चयनमा ग्राउण्ड रिपोर्ट सर्वे, नमो ऐपबाट मिलेको फिडब्याक आदिलाई आधार मानिएको छ । पीएम नरेन्द्र मोदीले खुद सांसदहरुको प्रस्तुतिलाई लिएर जनतासँग प्रतिक्रिया मागेका छन् । अब उम्मेदवारहरुको चयनमा यो एकदमै प्रभावकारी मानिएको छ ।

पार्टीले जुन उम्मेदवारहरुको बारेमा नराम्रो फिडब्याक आएको छ । उनीहरुलाई टिकट नदिने निश्चित छ । जनताहरु नै उनीहरुको पक्षमा नरहेको भन्दै उनीहरुको टिकट खोसिएको छ । यस्ता मानिसहरुको टिकट खोस्दा अन्तरघातको समेत सम्भावना कम हुने विश्वास पार्टीको छ । शनिवार यूपीका सीएम योगी आदित्यनाथको उपस्थितिमा केन्द्रीय चुनाव समितिले यूपीका उम्मेदवारहरुमा विस्तार पूर्वक चर्चा गरेका थिए । सोमवार पनि केन्द्रीय चुनाव समितिको बैठक बस्दै छ । 

केन्द्रीय मन्त्री कृष्णा राजको पत्तासाफ 
बीजेपीले अहिलेसम्म जारी यूपीको लिस्टममध्ये ६ मौजूदा सांसदको समेत टिकट काटिएको छ। उनीहरु समेत उम्मेदवारी छनोटको परीक्षामा फेल भएका छन् । यसमध्ये शाहजहाँपुरबाट सांसद र केन्द्रीय मन्त्री कृष्णा राजको समेत नाम छ ।उनको पनि ग्राउण्ड रिपोर्ट अनुसार उनीसँग स्थानीय जनता रुष्ट रहेकाा छन् । त्यसैले उनलाई दिइने टिकट पनि खोसिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ