arrow

टिकट नपाएपछि सत्रुघ्न सिन्हाले यसरी पोखे आक्रोश

logo
प्रकाशित २०७५ चैत १० आइतबार
satrughan-hinha-news.jpeg

काठमाडौं ।  बिहार एनडीएले शनिबार उम्मेदवारको सूची जारी गरेको छ । सो सुचीमा भाजपाको पटनासाहिबबाट सांसद सत्रुघ्न सिन्हाको नाम थिएन। भाजपाले उनको स्थानमा पटना साहिब लोकसभा क्षेत्रबाट केन्द्रीय कानून मन्त्री रविशंकर प्रसादलाई टिकट दिएको छ । वर्तमान सांसद सत्रुघ्न  सिन्हा यसपटक महागठबंधनको लागि भोट माग्दै गरेको देखिनेछन् ।  तर टिकट नपाएपछि सत्रुघ्न सिन्हाले सात ट्वीट गरेर भाजपामाथि प्रहार गरेका छन् ।

सत्रुघ्न सिन्हाले पहिलो ट्वीटमा लालकृष्ण आडवाणीलाई उल्लेख गर्दै उनकको स्थानमा पार्टी अध्यक्षलाई टिकट दिइएको बताएका छन् ।  उनको छवि वा व्यक्तित्व आडवाणीसँग कुनै प्रतिस्पर्धा नरहेको बताउदै उनले यो जानिबुझेर गरिएको र देशका जनतासँग राम्रो नभएको लेखेका छन् ।

सिन्हाले भने, 'पार्टीका शीर्ष नेताहरु मध्ये एक मुरली मनोहर जोशी जी आखिरी हुन् तर अंतिम होइन। जनता यो समयलाई हेरि रहेका छन् । यो सबै एक मानिसलाई देखाउनको लागि गरिएको छ र दुई पुरुषहरु भएको सेना कम्पनीद्वारा यो भइरहेको छ । लङ लीव श्री आडवाणी जी! जय हिन्द!'

कुनै जमानामा पार्टीको स्टार प्रचारक रहेका सत्रुघ्न सिन्हाले २००९ र २०१४ को लोकसभा चुनावमा भारी बहुमतले जितेका थिए । परिसीमनपछि भएको चुनावमा पटनाको लोकसभा क्षेत्रको भौगोलिक स्थिति बद्लियो । त्यसपछि २००९ मा भएको लोकसभा चुनावमा पार्टीले उनिमाथि विश्वास गरेको थियो ।  सो समय उनले राजदका विजय कुमारलाई एक लाख ४७ हजार ७७९ मतले पराजित गरेका थिए । कांग्रेस प्रत्याशी अभिनेता शेखर सुमनले ६१ हजार ३ सय ८ भोट पाएका थिए ।

त्यसपछि मोदी लहरमा भएको चुनावमा सत्रुघ्न सिन्हाले भोजपुरी अभिनेता किशोर कुणाललाई २ लाख बीस हजार भन्दा ज्यादा मतले पराजित गरेका थिए ।  

शत्रुघ्न सिन्हाले धेरै पटक विभिन्न समारोहमा नेतृत्वको आलोचना गरेकाले उनलाई टिकट नदिने बुझिएको छ । बिहारमा सात चरणमा चुनाव हुनेछ । अप्रिल ११, १८, २३ र २९ तारिख तथा मे ६, १२ र १९ गरी सात चरणमा निर्वाचन हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ