arrow

विश्वकै सबैभन्दा शक्तिशाली महिलाको सूचीमा छिन् यी प्रधानमन्त्री

logo
प्रकाशित २०७५ चैत १० आइतबार
newzelend.jpg

काठमाडौं । विश्वभर महिलाहरु भेदभावको शिकार हुने गरेका छन् । यसमा कुनै दुईमत छैन । एक्काइसौं शताब्दीमा पनि केही केही रुपमा महिलाले असमानताको सामना गर्नुपरेको छ । तर, केही महिलाले भने निकै ठूलो संघर्ष पार गर्दै  सफलता पाएका छन् । उनीहरुले अन्य महिलाको लागि भने ऊर्जा बन्न पुगेका छन् ।

हालसालै न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्न आक्रमणपछिको आफ्नो कामको कारण चर्चामा छिन् । क्राइस्टचर्चको मस्जिदमा भएको आतंकवादी आक्रमणपछि उनले आतंकवादी आक्रमणकबो निन्दा गर्दै पीडितको पक्षमा गरेको निर्णयको अहिले विश्वभर प्रशंसा भइरहेको छ ।
उनले मुलुकमा बन्दुकको नियम पनि परिवर्तन गरेकी छिन् । ३७ वर्षको उमेरमा पितृसत्तालाई बेकार बताउँदै उनी प्रधानमन्त्री बनेकी थिइन् । यस्तो गर्ने उनी विश्वकी सबैभन्दा कम उमेरकी नेतृ हुन् ।

जेसिन्डा एलजीबीटीक्यू समुदायकी समर्थक हुन् । उनी प्राइड परेडमा भाग लिने पहिलो प्रधानमन्त्री पनि हुन् । अहिले जेसिन्डा फोब्र्सको विश्वको सबैभन्दा शक्तिशाली नेतृमा १३ औं स्थानमा छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ