arrow

के मुम्बई बिरुद्ध दिल्लीले उतार्छ सन्दिप ?

logo
प्रकाशित २०७५ चैत १० आइतबार
sandeep.jpg

काठमाडौं। नेपाली क्रिकेट स्टार सन्दिप लामिछानेको टोली दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल मुम्बई ईण्डियन्ससँग खेल्ने भएको छ। तीन पटकको ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता बिजयी मुम्बईको सामना दिल्लीले गर्ने छ।

युवा कप्तान श्रेयस ऐयरको कप्तानीमा रहेको दिल्लीले आफ्न नाम दिल्ली डेयरडेविल्सबाट दिल्ली क्यापिटल्स राखेको छ। उक्त परिवर्तित नामले केहि चमत्का गर्छ की भन्ने आशा दिल्लीका समर्थकहरुलाई छ ।

दिल्लीको युवा टोलीमा रिसभ पन्त, पृथ्वी श, सन्दिप लामिछाने, शेरफोन रदरफोर्ड, कागिशो रबाडा, हनुमा बिहारी, अक्षर पटेल आदी जस्ता केलाडी छन् भने अनुभवी खेलाडीहरुमा शिखर धवन, ट्रेन्ट बोल्ट, अमित मिश्रा, ईशान्त शर्मा आदी रहेका छन्।

युवाहरुको बाहुल्यता रहेको टोलीमा युवा कप्तानले सन्दिपलाई मौका दिने संभावना रहेको भारतीय संचार मध्यमहरुले बताएका छन्। क्रिकेईन्फोले त आफ्नो संभावित ११मा सन्दिपलाई समावेश गरेको छ।

अष्ट्रेलियन पुर्व क्रिकेटर ब्राड हजले सन्दिपलाई यसपाली आईपीएलको प्रमुख खेलाडी हुने अनुमान गरेका छन्।

दिल्लीका हेड कोच रिकी पोन्टिङले गत सिजन पनि सन्दिपमा धेरै संभावना रहो र खेलमा केही सुधार गर्नु पर्ने साथै अनुभव पनि थपिनु पर्ने बताएका थिए। पोन्टिङकै गत सिजनको कुरा मान्ने हो भने सन्दिपले विश्वका बिभिन्न टि-२० प्रतियोगिताहरुमा खेरेल आफ्नो क्षमता देखाई सकेका छन् भने उनले विश्वका अधिकांश अब्बल ब्याट्सम्यानहरुको विकेट पनि लिएका छन्।

एक बर्षमा सन्दिपले उच्च स्तरीय क्रिकेट खेलेका छन्। उनले अष्ट्रेलियाको बिग बासमा राम्रो प्रदर्शन गरेका थिए। बिग बासलाई आईपीएल बराबरकै टि-२० लिग मानिन्छ । अष्ट्रेलियामा गरेको प्रदर्शनका आधारमा पनि पोन्टिङले उनलाई खेलाउन सक्ने संभावना रहेको छ।

उनले बिग बाश र पाकिस्तान सुपर लिगमा ११-११ वेकट लिएका थिए भने क्यारेबियन लिगमा ५ खेलमा ७ विकेट लिएका थिए। त्यसैगरि अरु लिगहरुमा पनिराम्रो प्रदर्शन गरेका थिए।

दिल्लीमा सन्दिपले अर् भेट्रान लेग स्पिनर अमित मिश्रासँग प्रतिस्पर्धा गर्नु पर्नेछ । अष्ट्रेलियामा मेलबर्नले दुई लेग स्पिनर खेलाएको थियो। एडम जाम्पा र सन्दिप दुवैलाई खेलाएर मेलबर्न बिग बासको फाईनलमा पुगेको थियो।

दिल्लीको टोलीमा बिदेशी खेलाडीको कोटामा पर्नु पर्ने बाध्यता रहेका सन्दिप अफ्रिकाका कगिशो रबाडा र न्युजिल्याण्डका ट्रेन्ट बोल्टमा कुनै एक खेलाडी खेलाएर भारतका ईशान्त शर्मालाई खेलाउँदा सन्दिपको टोलीमा पर्ने संबावना देखिन्छ । फर्ममा रहेका सन्दिपलाई खेलाएर दिल्लीले सुरुवाती खेल जित्न चाहाने छ।

युवा कप्तान ऐयरले पनि आफ्नो टोलीमा पछिल्लो एक बर्ष राम्रो प्रदर्शन गरिरहेका सन्दिपलाई खेलाउने छन् भन्ने आशा गर्न सकिन्छ । खेलाडीको अन्तिम नामावली सार्वजनिक नभएसम्म सन्दिप अन्तिम ११मा पर्छन वा पर्दैनन् चर्चा मात्रै भैरहने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ