arrow

दिपक शिवाको मृगौला प्रत्यारोपण गर्न मंगलबारेबासीले जुटाए सहयोग

logo
प्रकाशित २०७५ चैत १० आइतबार
sahayog7.jpg

काठमाडौं । दुबै मृगौला बिग्रिएर उपचार गर्दै आएका इलाम देउमाई नगरपालिका दिपक शिवालाई उपचारको लागि सहयोग जुटेको छ । स्थानीय त्रिवेणी युथ क्लवको सकृयतामा मंगलबारे बजार तथा कोरियामा उठेको रकम चार लाख एक सय रुपैयाँमा क्लवका सचिव अशिष बुढाथोकी र कोषाध्यक्ष पवन श्रेष्ठले भक्तपुर स्थित सहिद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रमा पुगेर रकम हस्तान्तरण गरेका हुन् ।

उपचार खर्च जुटेसगै उनको मृगौला प्रत्यारोपण गरिएको छ । उनलाई उनकी आमाले मृगौला दिइएकी हुन् । उनको उपचारार्थ मंगलबारेका कोरिया बस्दै आएका ओमकार दाहालको  सकृयतामा दिपक शिवा बचाउ अभियान संचालन गर्दै २ लाख १२ हजार ९ सय उठाएका थिए ।

त्यसै गरी त्रिवेणी युथ क्लवका अध्यक्ष बिक्रम श्रेष्ठ लगायतको सहयोगी हातहरुबाट मंगलबारे बजार आसपास समेत अभियान संचालन गरी सो रकम हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा पुगेर रकम हस्तान्तरण भएपछि उनको आजै मृगौला प्रत्यारोपण भएको हो । उनको थप उपचार खर्च जुटाइरहेको छ । उनी निम्न आय भएका  ब्यक्ति भएका कारण उपचार हुन सकेको थिएन । अझै थप खर्च हुने परिवारले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ