arrow

केन्द्रीय सदस्य भण्डारीको शिर कस्को पाउमा पर्‍यो?

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
shankar-bhandari.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भए लगत्तै तनहुँका शंकर भण्डारीसँग कार्यकर्ता खुसी बाँडन आतुर थिए। भण्डारी चाहि कार्यकर्ताहरुलाई रोकेर एक छिन हराए। उनी कहाँ गए कार्यकर्ताहरुलाई खुल्दुली थियो। उनलाई माला र खादा लिएर वधाई दिन उनका समर्थक र शुभेच्छुकहरु प्रतिक्षारत थिए। तर उनी भने उनीहरुलाई आफू आइहाल्ने भन्दै पर्खाएर राखेका थिए। 
 
सबैले खुल्दुली मान्दै उनलाई पर्खिरहेका थिए। तर उनी भने जीतको घोषणा हुने वित्तिकै आफ्नी ९० वर्षिया माता दयन्ती कुमारी भण्डारीबाट शुभाशिष लिन गएका थिए। आमाको अगाडी पुगेपछि माथ आमाको पाउमा पर्‍यो। आमाले पनि उनलाई मुसार्दै वधाई दिइन। काँग्रेस पार्टीलाई राम्रोसँग अगाडी बढाउन र धर्मको रक्षाका लागि शुभाशिर्वाद दिइन। उनले पनि आफूले सक्दो गर्ने आमालाई वचन दिए। 
 
भण्डारी काँग्रेस नेता खुम बहादुर खड्काको नेतृत्वमा सञ्चालित हिन्दुराष्ट्र महाअभियानका एक जना सक्रिय नेता हुन्। 
 



नयाँ