arrow

सय बर्ष पुरानो रुखलाई फुटबल टीमको सदस्यता र जर्सी

logo
प्रकाशित २०७५ चैत १० आइतबार
resistencia-stadium1.jpg

काठमाडौं । 'द रेसिस्टेन्सिया स्पोर्ट क्लब' पराग्वेको सेकेण्ड डिभिजनको फुटबल टीम हो। क्लबले आफ्नो स्टेडियममा रहेको एक रुखलाई आधिकारिक फ्यान घोषित गरेको छ । योसँगै रेसिस्टेन्सिया रुखलाई फ्यान घोषित गर्ने संसारकै पहिलो क्लब बनेको छ । सो रुखलाई सदस्यता कार्ड र टीमको आधिकारिक जर्सी पनि दिइएको छ ।  रुखलाई क्लबका टीम र फ्यान आफ्नो इतिहासको हिस्सा मान्छन् ।

२० बर्ष पहिले क्लबको 'ला चचरिता' स्टेडियम बनेको थिएन । तब बाझो जमीनमा एक साधारण फुटबल मैदान थियो । सो क्रममा क्लबले फ्यानका लागि कंक्रिटको स्टेडियम बनाउने निर्णय गर्‍यो तर रुखलाई काटेन । क्लब रुखलाई आफ्नो सबैभन्दा पुरानो फ्यान मान्छ ।

क्लबले स्टेडियम बनाउने आर्किटेक्ट र इन्जीनियहरुलाई रुख नकाटि त्यसको समाधान निकालन आग्रह गरे । त्यसपछि रुखको चारै तर्फ कंक्रिटको स्टेडियम बनाइयो ।

 'ला चचरिता' मैदान रुख भएको संसारको एकमात्र फुटबल स्टेडियम भने होइन । चीनको बीजिंग युकाई हाई स्कूलको मैदानमा पनि एक सय बर्ष पुरानो रुख रहेको छ ।

केहि बर्ष पहिले रेसिस्टेन्सियाले आफ्नो पहिलो सताबर्षिकी मनाएको थियो । तब क्लबको म्यानेजमेन्टले रुखलाई सम्मानित गर्ने निर्णय गरेको थियो । क्लबका अध्यक्ष रोबर्टो गार्सेटेले भने , 'यो रुख हाम्रो क्लबको सदस्य हुन गइरहेको छ । शायद यो सबैभन्दा ज्यादा वफादार पनि छ, किनभने २४ सै घण्टा यहि रहन्छ।'

गार्सेटेले थपे, 'व्यावहारिक रूपले यो रुख हाम्रो लागि उपाधि हो । हामी यसैबाट चिनिन्छौ। म जहा पनि जान्छु , जो कोहि पनि रुखबारे सोध्छन्।"

 उक्त रुख सय बर्ष पुरानो रहेको मानिन्छ र २० मिटर ऊचाइ रहेको छ । क्लबका फ्यान गर्मी र बर्षाको समयमा यसको वरिपरि जम्मा हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ