arrow

सोमबार १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

logo
प्रकाशित २०७५ चैत १० आइतबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौँ ।  लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनःसोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट रु १० अर्ब ३३ करोड बराबरकोट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले आज एक सूचनामार्फत जानकारी दिएको छ ।

बैंकका अनुसार रु चार अर्ब तीन करोड बराबरकोट्रेजरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी १८२ दिनका लागि र रु दुई अर्ब बराबरकोट्रेजरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

 यसअघि यही चैत ४ गते रु १३ अर्ब ५१ करोड बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । यस्तै बैंकले आज मात्रै रु पाँच अर्ब बराबरको रिपो बोलकबोल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ