arrow

सन्दीप लामिछानेको दिल्लीको आइपिएलमा विजयी शुरूआत, सन्दीप किन खेलेनन् ? 

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
delhi-capitals.jpg

काठमाडौं । नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आइपिएल टी–२० क्रिकेटमा विजयी शुरूआत गरेको छ । दिल्लीले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको हो । 

आइतबार राति मुम्बईको घरेलु मैदानमा भएको खेलमा दिल्लीले पहिले ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा २१३ रन बनायो ।

रिशभ पन्तले नटआउट रहँदै २७ बलमा ७८ रन बनाए । कोलिन इन्ग्रामले ३२ बलमा ४७ तथा शिखर धवनले ३६ बलमा ४३ रन बनाए । 

मिचेल म्याकक्लिेघानले ३ विकेट लिए ।

जबाफमा मुम्बईले १९.२ ओभरमा अलआउट हुँदै १७६ रन मात्रै बनाउन सक्यो । कमजोर प्रदर्शन गरेको मुम्बईका लागि युवराज सिंहले ३५ बलमा ५३ रन बनाएका थिए ।

कुर्नाल पाण्डेयाले १५ बलमा ३२ रनको योगदान दिए पनि टिमलाई जिताउन सकेनन् । 

सन्दीप लामिछाने नखेलेको खेलमा दिल्लीका लागि इशान्त शर्मा र कासिगो रबाडाले २–२ विकेट लिए । 

सन्दीपले अझै पनि खेल्ने सम्भावना नरहेको बुझिन्छ । पहिलो खेलको सेटले राम्रो बलिङ गरेपछि ती खेलाडी फाल्न सकिँदैन । 

सन्दीपले गत वर्ष पनि दिल्लीबाट अन्तिम तीन खेलमात्र खेलेका थिए । सन्दीपलाई अहिले पनि टिम व्यवस्थापनले प्राथमिकतामा नराखेको स्पष्टै हुन्छ । 

मुम्बईका सबै खेलाडी आउट गरे पनि कुनै पनि बलरले उत्कृष्ट बलिङ गर्न सकेनन् । यो पक्षबाट हेर्ने हो र अर्को खेलमा अझ खराव प्रदर्शन हुने हो भने सन्दीप आउन सक्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ