arrow

चट्याङ लागेर इट्टा–भट्टामा काम गर्ने दुई मज्दुरको मृत्यु, ८ गम्भीर

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
Chitwan-hamrakura.jpg.jpeg
चितवन । चितवनमा सोमबार अपरान्ह भारी वर्षा हुँदा परेको चट्याङ लागेर इट्टा भट्टामा काम गर्ने दुई मज्दुरको मृत्यु भएको छ । चट्याङ लागेर आठ जना घाइते भएका छन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० जिरौनामा २ जनाको मृत्यु भएको हो भने, ८ जना घाइते भएका हुन् । घाइते चारै जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
 
चट्याङ लागेर मृत्यु हुनेमा सर्लाही रन्जितपुर –९ का १६ वर्षीय दिनेश माझी, सोही जिल्ला हजरिया –५ की २४ वर्षीया रीता राई छन् । ती दुईको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ