arrow

ट्रम्पले रुससंग साँठगाँठ नगरेको निष्कर्ष

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
donald-trump.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावका बेलामा रुससंग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालिएको छ ।

अमेरिकाका विशेष काउन्सिल रोबर्ट मुलरको टोलीले सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको हो ।

मुलरको टोलीले २२ महिना लगाएर गरेको अनुसन्धानमा राष्ट्रपति ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको हो ।

मुलरले तयार पारेको प्रतिवेदनको निष्कर्ष आइतबार अमेरिकी संसद्समक्ष पुगेको छ । यसअघि मुलरले आफ्नो प्रतिवेदन अमेरिकी महान्यायाधिवक्ता विलियम बारलाई हस्तान्तरण गरेका थिए ।

Special Counsel Robert Mueller

प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले न्यायिक प्रक्रियामा अवैध तरिकाले बाधा पुर्याएको बारेमा भने केही उल्लेख गरिएको छैन ।

यो प्रतिवेदन सार्वजनिक भएपछि भने अहिलेसम्म आलोचनाको शिकार बन्दै आएका ट्रम्प खुशी देखिएका छन् । उनले आफू अब सबै आरोपबाट मुक्त भएको भनी खुशी ब्यक्त गरेका हुन् । 

यो प्रतिवेदनपछि ट्रम्पलाई फेरि राष्ट्रपति हुने बाटो खुलेको त हैन ? भन्नेहरु पनि छन् । 

विश्लेषकहरुले आइतबारको दिनलाई ट्रम्पको दिनको रुपमा पनि चित्रित गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ