arrow

सपना कांग्रेस आईमा गएको कुरा नै झुठो ठहरियो 

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
sapana.jpg

काठमाडौं । हरियाणाकी डान्सर सपना चौधरी भारतीय कांग्रेसमा प्रवेश गरेको सूचना झुठो ठहरिएको छ । बलिउड अभिनेता तथा कांग्रेस नेता राज बब्बरले सपनालाई काँग्रेसमा स्वागत छ भन्दै ट्वीट गरेका थिए । 

शनिबार सपना काँग्रेसमा सामेल भएको खवर आएको थियो । तर आइतबार उनले पत्रकार सम्मेलन गर्दै काँग्रेसमा नगएको स्पष्ट पारिन् । 

सपनाले आफूले अहिलेसम्म राजबब्बरसंग नभेटेको बताइन् । मिडियामा आएको तस्वीर पुरानो भएको समेत सपनाले बोलेकी छिन् । 

आफ्नो कुनै ट्वीटर एकाउन्ट नभएको समेत सपनाले बताएकी छिन् । उनले भविष्यमा आफू काँग्रेसबाट चुनाव लड्ने सोचमा समेत नरहेको बताइन् । 

सपनाल लोकसभा चुनावमा कुनै पनि पार्टीका तर्फबाट चुनाव नलड्ने बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ