arrow

पाकिस्तानी प्रधानमन्त्रीद्वारा हिन्दू बालिका अपहरणको घटनामा जाँचको आदेश

भारतीय विदेशमन्त्री सुषमा स्वराजको चासो पछि पाकिस्तानी प्रधानमन्त्रीको जाँच आदेश

logo
एजेन्सी
प्रकाशित २०७५ चैत ११ सोमबार
Imran-Khan-PTI2_19_2019_000174B.jpg

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा दुई नाबालिक हिन्दू दिदीबहिनीको अपहरणपछि जबर्जस्ती धर्म परिवर्तनको घटनामा जाँचको लागि प्रधानमन्त्री इमरान खानले निर्देशन दिएका छन् । पाकिस्तानी सूचनामन्त्री फवाद चौधरीले प्रधानमन्त्रीले यो मामिलाको प्रतिवेदन बुझाउन निर्देशन दिएको बताएका हुन् । 

भारतीय विदेशमन्त्री सुषमा स्वराजले पनि यो घटनामा गम्भीरता देखाउँदै यसको सत्यतथ्य छानबिनका लागि माग गरेकी थिइन् ।

प्रधानमन्त्री खानले सिन्ध एवम् पञ्जाव सरकारलाई घटनाबारे संयुक्त कार्ययोजना बनाउन र यस किसिमको घटना नदोहोरिनका लागि बलियो कदम उठाउन पनि निर्देशन दिएका छन् । 

उनले पाकिस्तानका सबै मानिसहरु आफ्ना लागि निकै मूल्यवान् रहेको बताएका छन् । होलीको दिन एक हिन्दू परिवारका २ नाबालिकाको अपहरण भएको थियो । अपहरणपछि उनीहरुको जबस्र्जस्ती विवाह गराइएको थियो । 

साथै, उनीहरुको धर्म पनि परिवर्तन गराइएको थियो । यो घटना सञ्चारमाध्यममा पनि प्रकाशित भएको थियो । यसको चौतर्फी विरोध भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ