arrow

छोरीलाई स्थानीय ६ भाषा सिकाउदै धोनी

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
dhoni.JPG

काठमाडौं । भारतीय टोलिका पुर्व कप्तान महेन्द्र सिंह (एमएस) धोनीले आफ्नो छोरी जीवालाई फरक-फरक भाषाहरु सिकाइ रहेका छन् । समाजिक सञ्जालमा उनले एक भिडियो शेयर गरेका छन् जसमा उनि आफ्नो छोरिसँग ६ भाषाहरुमा कुरा गर्दै गरेको देखिन्छन् । उनको सो भिडियो अहिलेसम्म ३८ लाख भन्दा ज्यादादे हेरिसकेका छन् ।

धोनीले आफ्नो चार वर्षीया छोरीलाई तमिल, भोजपुरी, उर्दू, बंगाली, हिन्दी र पन्जाबीमा प्रश्न सोधेका छन् ।  जीवाले पनि प्रश्नको सोहि भाषामा उत्तर दिएकी छन् । धोनीले भोजपुरीमा जीवालाई प्रश्न सोधे 'कइसन बा' र  जीवाले भोजपुरीमा उत्तर दिइन् 'ठीक बा'।

एमएस धोनी भोजपुरी राम्रोसँग बोल्छन् त्यसैले आफ्नो छोरीलाई भाषा सिकाइरहेका छन् ।

धोनी  यस समय आईपीएलमा व्यस्त छन् । उनि चेन्नई सुपर किंग्सका कप्तान हुन् । २३ मार्चको खेलमा उनको टीमले रोयल च्यालेन्जर्स बंग्लोरलाई हरायो ।  आईपीएलको यस सीजनमा उनको टीमको पहिलो खेल थियो । उनको  टीमले २०१८ को आईपीएल जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ