arrow

राहुल गान्धीको घोषणा : हरेक गरिब परिवारलाई वार्षिक ७२ हजार दिने 

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
rahul-gandhi2.jpg

नयाँ दिल्ली। चुनावी मौसममा कांग्रेस अध्यक्ष राहुल गान्धीले देशबाट गरीबी उन्मूलन गर्नको लागि संकल्प लिँदै सोमवार ठूलो घोषणा गरेका छन् । उनले घोषणा गरे कि कांग्रेसको सरकार बन्यो भने देशको २० प्रतिशत सबैभन्दा गरिब परिवारहरुलाई हरेक वर्ष ७२ हजार रुपैयाँ दिइनेछ । आफ्नो हजुरआमा इन्दिरा गान्धीको 'गरिबी हटाउने' अभियानमा उनले दाबी गरेका छन् कि हामी देशबाट गरिबी मेटाउने छौं । उनीहरुले बताए कि न्यूनतम आयको यो योजना चरणबद्ध तरिकाले लागू हुनेछ र गरिबहरुको बैंक खातामा सीधै पैसा आउने छ । 

बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साध्दै राहुलले भने कि ५ सालमा जनतालाई काफी मुश्किल भएको छ । यस्तै कांग्रेसले निर्णय लिएको छ कि हामी गरिबहरुसँग न्याय गर्नेछौं । कांग्रेस अध्यक्षले दावी गरेका छन् कि यस तरिकाले न्यूनतम आय योजना दुनियाँमा काँहि पनि छैन । उनले स्पष्ट भनेका छन् कि न्यूनतम आय सीमा १२ हजार रुपैयाँ हुनेछ र यति धेरै पैसा देशमा मौजूद छ। 

गरिबलाई कति मिल्नेछ पैसा ?
योजनाको बारेमा सम्झाउँदै राहुल गान्धी भनेका छन् कि कांग्रेस पार्टी ग्यारेन्टी दिन्छ कि २० प्रतिशत सबैभन्दा गरिब परिवारलाई हर साल ७२ हजार रुपैयाँ दिइनेछ । यसबा जाति, हर धर्मका गरिबहरुलाई समेत फाइदा हुनेछ । राहुलले भने कि यस स्कीममार्फत् हर गरिबको आय १२ हजार रुपैयाँ सुनिश्चित गरिनेछ । स्कीमको जसरी यदि कुनैपनि  भारतीयको इनकम १२ हजार भन्दा कम छ भने उसलाई त्यति नै पैसा सरकारले दिनेछ । जस्तो कि यदि कुनै पनि भारतीयको इनकम छ हजार रुपैयाँ छ भने सरकार उसलाई छ हजार रुपैयाँ दिनेछ । जब त्यो व्यक्ति १२ हजारको इनकमभन्दा माथि जान सक्यो भने त्यो स्कीम भन्दा बाहिर जानेछ । 

२५ करोड मानिसलाई हुन्छ सीधा फाइदा
राहुलले भने कि देशका ५ करोड परिवारहरु र २५ करोड मानिसलाई यो स्कीमले सीधा फाइदा मिल्ने छ । उनले मुस्कुराउँदै भने कि मानिसहरुलाई झट्का लाग्न सक्छ तर देशको यति धेरै क्षमता छ र हामी तपाईलाई दिनेछौं । उनले भने कि ४ देखि ४ महिनादेखि दुनियाँको अर्थशास्त्रीहरुसँग चर्चा गरेर नै यो स्कीमको तयारी गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ