arrow

एक करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  एक करोड ४८ लाख ७९ हजार ६८० बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला वन कार्यालय, डोल्पाका तीन कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार निजी जग्गाबाट जडीबुटी सङ्कलन गरेको भनी नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ । आयोगले डोल्पाका तत्कालीन वन अधिकृत रामविचारी ठाकुर, फरेस्टरद्वय रुद्रबहादुर बुढा र भीमबहादुर बुढालाई जनही रु एक करोड ४८ लाख ७९ हजार ६८० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

उनीहरुले सामुदायिक तथा राष्ट्रिय वनबाट सङ्कलन भएको एक लाख ८५ हजार ९९६ किलोग्राम जटामसी जिल्लाबाहिर लैजान छोडपुर्जी दिई, आफैँ मुचुल्का, प्रतिवेदन तयार गरेको र सरकारी राजश्वमा जम्मा नपारेको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ