काठमाडौं । काठमाडौं पुगेका भारतीय विदेश सचिव एस जयशंकरले मधेसी मोर्चाका नेताहरुले भेटवार्ता गरेका छन् । काठमाडौंको बत्तिसपुतलीस्थित होटल द्वारिकामा रहेका जयशंकरलाई भेट्ण्न मोर्चा नेताहरुले बिहान साढे ९ बजे त्यहाँ पुगको थिए ।
भेटका क्रममा जयशंकरले मधेस आन्दोलन र सरकारको गाम्भीर्यताबारे चाँसो राखेका थिए । आफुहरुले सरकारलाई दिएको समयसीमा भित्र माग सम्बोधन भए आन्दोलन गर्ने जानकारी गराएको सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले हाम्रा कुरालाई जानकारी दिए । उनले भने, ‘हो उहाँले मधेस आन्दोलनबारे बढी चाँसो राख्नु भएको थियो, उहाँले यो मधेसको समस्या मात्रै होइन सिंगो नेपालको समस्या हो र यो चाँडै समाधान गर्नुस् भन्नु भएको छ ।’ विदेश सचिव जयशंकरले मधेसमा अशान्ति भए आफुहरु कहाँ समेत अशान्ति हुुने धारणा राखेको कर्णले बैठकपछी जानकारी दिए ।
आफुहरुले दिएको समयको सरकारले सदुपयोग नगरे कडा आन्दोलन थाल्ने जानकारी गराएको कर्णको भनाई छ । मधेस आन्दोलनको समस्या कसरी समाधान गर्ने र के भइरहेको छ भन्ने सन्दर्भमा छलफल केन्द्रीत भएको संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले बताए । नेता राईले भने, ‘उहाँले, म परिस्थिति बुझ्न आएको हुँ, प्रधानमन्त्री संग म मधेस समस्याबारे कडाईका साथ कुरा राख्छु,– भन्नु भएको छ ।’
कम्तिमा पनि १ घण्टा भएको भेटवार्तामा संघीय समाजवादी फोरमकाव रिष्ठ नेता अशोक राई, तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्रराय यादव, सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणकलाल कर्ण, नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्ला र राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झा सहभागि थिए ।
जयशंकर असोज ३ गते संविधान जारी हुनु २ दिन अघि मात्रै संविधान जारी प्रक्रिया केही दिन रोक्न भन्दै भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा काठमाडौं आएका थिए । उनले फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलजफ्ती संविधान जारी भए जे पनि हुन सक्ने जनाउ दिएका थिए ।
त्यति मात्र नभई उनले नेपाल–भारत जानकारहरुलाई इन्धन जोह गर्न समेत भनेका थिए । नभन्दै नेपालले लामो नाकाबन्दी भोग्न बाध्य भयो । विदेश सचिव जयशंकरले मंगलबार प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसंगको भेटमा उनी मधेस आन्दोलन र संविधान संशोधनबारे कडाईका साथ प्रस्तुत हुने बताइएको छ ।