नेकपा र नया शक्ति परित्याग गरि आएका २९१ जनालाई कांग्रेसमा भित्र्याए लेखकले
प्रकाशित २०७५ चैत ११ सोमबार
655
Shares
बैतडी। बैतडीमा नेकपा र नयाँ शक्ति परित्याग गरि २९१ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन्। नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका नेता रमेश लेखकले फूलमाला लगाई स्वागत गरे।
कांग्रेस प्रवेश गर्नेहरुमा नेकपाका नेता गङ्गादत्त भट्ट सहित २७४ जना र नयाँ शक्ति पार्टीका बुद्धिबल्लभ धानुक सहित १५ जना प्रवेश गरेका छन्।
नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले दशरथ चन्द नगरपालिकाको कलौनमा आयोजित कार्यक्रममा लेखकले पार्टी दस्यता बितरण गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा नेता लेखकले कम्युनिस्ट सरकारप्रति जनताको बितृष्णा र निराशा देखिएकाले कांग्रेसप्रति आकर्षण बढदै देशभर कांग्रेस प्रबेश गर्नेको लहर चलेको बताए ।
लेखकले नवप्रबेशीलाई योग्यता र क्षमताको आधारमा उचित स्थान दिने प्रतिबद्धता व्यक्त गरे। लेखकले नेपाली कांग्रेसले शुरूवात गरेका काम बर्तमान सरकारले रोकेकोमा आपत्ती जनाउँदै विकासमा राजनीति नगर्न चेतावनी दिए।