arrow

नेपाल कुवेतसंग पराजित, कमजोरी पत्ता लगाउन फाइदा 

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
nepali-football-team.jpg

काठमाडौं । नेपालले मैत्रिपुर्ण फुटबलमा कुवेतसंग लगातार दुई खेल हारेको छ । सोमबार राति कुवेतको अल शबाब रंगशालामा भएको खेलमा नेपाल १–० ले पराजित भएको हो ।

कुवेतलाई जित दिलाउन खेलको २९ औं मिनेटमा युसुफ नासिरले पेनाल्टीबाट निर्णायक गोल गरे । 

नेपाल कुवेतलाई बराबरीमा रोक्ने योजनासहित मैदान उत्रिएको थियो । पहिलो खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो । 

योसंगै मुख्य प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले दुई खेलमा एक हार र एक बराबरी खेलेको छ । हालै मुख्य प्रशिक्षकमा नियुक्त भएका कालिनको नेतृत्वमा नेपाल कुवेत भ्रमणमा गएको थियो ।

प्रशिक्षक कालिनले खेलमा कुवेतलाई टक्कर दिन सफल भए पनि पेनाल्टीमा गोल हुनु नै दुर्भाग्य भएको बताएका छन् । 

उनले यो प्रतियोगिताले आफूहरुको कमजोरी पता लगाउन ठूलो सहयोग मिलेको प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ