arrow

कांग्रेस सभापति देउवासंगको भेटमा जयशंकरले भने, ‘तपाईको विजय सम्बन्ध सुधारको ढोका’

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
deuba-&-jayeshankar.jpg.jpeg
काठमाडौं । मिनी सार्क बैठकका लागि काठमाडौं आएका भारतीय विदेश सचिव एस जयशंकलले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । जयशंकरले बिहान मधेसी मोर्चाका नेताहरुलाई भेटेपछी नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासंग समेत भेटघाट गरेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेका जयशंकरले देउवालाई कांग्रेस सभापति निर्वाचित भएकामा बधाई दिए ।
 
बिहान साढे ११ बजे भएको भेटमा जयशंकर र देउवाबीच दुई देशको सम्बन्धबारे छलफल भएको देउवाका सहयोगी भानु देउवाले बताए । जयशंकरले देउवा कांग्रेस सभापति निर्वाचित भएसंगै दुई देशको सम्बन्ध सुधारको ढोका खुलेको प्रतिक्रिया दिए । कांग्रेस सकारमा जाने नजानेबारे भने कुनै चर्चा नभएको भानुले जानकारी दिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ