-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । भीषण बाढीमा परी दक्षिणी इरानमा कम्तीमा १९ जनाको ज्यान गएको छ । बाढीमा परी १०० भन्दा बढी मानिस घाइते भएका छन् ।

सामाजिक संजालमा भने हिलेमाटोसहित बाढी देखाइएको छ । मृतकहरु अधिकांश शिराज शहरका हुन् ।
बाढीबाट थुप्रै सवारी सधान ध्वस्त भएका छन् । ठूलो धनका नोक्सानी भएको छ । सयौं भवनहरु ध्वस्त भएका छन् ।
सरकारले यो प्रकोपबारे अनुसन्धान गरिरहेको जनाएको छ । कारहरु त हिलोमै गढेका छन् । (बीबीसीबाट)