arrow

सन्दीपमै अडेको नेपाली दर्शकको आइपीएल, खेल्लान् त चेन्नईबिरुद्ध मंगलबार राति ? 

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
sandeep-lamichhene-delhi.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट विश्वमा सबैभन्दा बढी हेरिने टी–२० व्यवसायिक क्रिकेटमध्ये पर्दछ । यो हेर्नेमा नेपाली दर्शक पनि उल्लेख्य छन् । 

गत वर्षदेखि भने नेपाली होनहार बलर सन्दीप लामिछाने जोडिएपछि उनको खेल हेर्नका लागि पनि दर्शक बढी ओइरिएको विश्लेषण छ । 

दिल्ली क्यापिटल्स (गत संस्करणसम्मको दिल्ली डेयर डेभिल्स) ले सन्दीपलाई लिनुको कारण पनि नेपाली बजारमा व्यवसाय गर्नु नै हो । नेपाल मन जित्नु नै हो । 

गत संस्करणमा अन्तिम तीन खेलमात्र खेल्न पाएका सन्दीपलाई खेलाउनका लागि भनी माथिबाटै दवाव दिल्लीलाई आएको चर्चा चलेको थियो । 

एक होनहार खेलाडीलाई एक्स्ट्रामा मात्र राखेको दिल्लीले अन्तिम तीन खेलमा खेलाउँदा सन्दीपले आफ्नो चमत्कार देखाइदिए । ५ विकेट लिए । 

यसपटक सन्दीपलाई सुरु देखि नै खेलाउने अपेक्षा विपरीत पहिलो खेलमा खेलाएन । टिमले भने जित्यो । यसरी खेल जित्दा जितिरहेको सेटबाट खेलाडी परिवर्तन गर्न समस्या हुने देखिन्छ । 

यो तर्कलाई कायम राख्ने हो भने दिल्लीले मंगलबार राति दोस्रो खेलमा चेन्नई सुपर किंगसंग खेल्दैगर्दा सन्दीपले खेल्ने सम्भावना कम छ ।  

खेल घरेलु मैदानमा राति ८ः१५ बजेदेखि हुँदैछ । तर जसरी गत संस्करणमा सन्दीपलाई नखेलाउँदा सामाजिक संजालमा आइपीएललाई भद्दा गाली दिइएको थियो यसपटक पनि त्यही क्रम दोहोरिने हो भने गालीको क्रम पनि दोहोरिन सक्नेछ । 

चेन्नईले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो । दिल्लीले पनि मुम्बई इन्डियन्सलाई उसैको मैदानमा हराएर उत्कृष्ट सुरुआत गरेको छ । 

प्रश्न त्यहीं आएर अडिन्छ । के चेन्नाई विरुद्ध सन्दीपले खेल्न पाउलान् त ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ