arrow

भारतमा आकासिँदै प्रतिभोटर चुनावी खर्च, २०१९ ले तोड्ला रेकर्ड ?

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
loksabha2.jpg

नयाँ दिल्ली। लोकतन्त्र कुनै सहजताका साथ उपलब्ध हुने चीज होइन र हरेका ५ वर्षमा हुने सबै चुनावका लागि लोकतान्त्रिक मुलुकहरुले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । अहिले यही चुनावको महायज्ञमा भारत गएको छ । २०१९ को लोकसभा चुनावमा कति खर्च हुनेछ । त्यो त चुनाव पछि मात्रै थाहा पाउने सकिन्छ ।

त्यसभन्दा अघि त केवल अनुमान र प्रक्षेपणमा मात्रै हामी सीमित हुनु पर्ने छ । तर २०१४ को चुनावमा खर्चको तुलनामा यस पटकको चुनावमा अप्रत्याशित वृद्धि हुने देखिएको छ । २०१४ को चुनावमा चुनाव सामग्री र उपकरणहरुमाथि खर्चका साथ नै हर भोटरलाई पोलिङ्ग बूथसम्म लैजानको लागि लाग्ने रकममा नै एकदमै बृद्धि भएको थियो । 

लोकतन्त्रको महापर्व हुन्छ एकदमै खर्चिलो 
अहिलेसम्म भएको लोकसभा चुनावमा सबैभन्दा कम खर्चिलो चुनाव १९५७मा भयो । जुन दोस्रो लोकसभा चुनाव थियो । सो समयमा भएको सो चुनावहरुको खर्च करिब १० करोड रुपैयाँको हाराहारी थियो । २०१४ को चुनावमा अहिलेसम्मको सबैभन्दा धेरै खर्च भएको थियो । २०१४ को चुनावको पूर्व भएका सबै लोकसभा चुनावहरुको कूल खर्चको लगभग तीन चौथाई हिस्सा खर्च मात्रै पछिल्लो लोकसभा चुनावमा मात्रै भएको देखिन्छ । यस खर्चमा चुनावी उपकरणहरुको खरीद, इन्स्टलेशन काउन्टिङ्ग स्टाफ र मतदान अधिकारीहरुको नियुक्ति पोलिङ्ग बूथ र त्यहाँ रहेको टेम्पोररी फोन सुविधा, मतदानको स्याही, अमोनिया पेपर जस्ता चीजहरुमा भएको खर्च सामेल छन् । 

प्रति भोटर होनेवाला खर्चमा पनि बृद्धि 
प्रति वोटर हुनेवालाखर्चको कुरा पनि हर चुनावसँगै बृद्धि हुँदै गएको छ । पहिलो लोकसभा चुनावमा यसको मूल्य १ रुपैयाँ भन्दा पनि कम पर्नेगरेकोमा पछिल्ला ६ वटा लोकसभा चुनावहरुसम्ममा यो आँकडा १ रुपैयाँको आसपासमा रहेको देखिन्छ । अहिले २०१४ को लोकसभा चुनावमा वृद्धिको दर पछिल्लो चुनावको तुलनामा तीन गुणा अधिक भएको छ । २०१४ लोकसभा चुनावमा प्रति भोटर खर्च लगभग ५० रुपैयाँ पुगेको छ। 

यसपटक मतदाताहरुको संख्या कैयौं देशका जनसंख्या भन्दा पनि बढी 
भारतको पहिलो लोकसभा चुनावमा करीब २० करोड मतदाता थिए । हर चुनावमा मतदाताहरुको संख्यामा समेत भारी मात्रामा बृद्धि हुँदै आएको छ । यसपटक ९० करोड भोटर रहेका छन् । यो आँकडा अमेरिका, ब्राजिल र इन्डोनेशियाको कूल जनसंख्याभन्दा धेरै हो । यो तीनै देश जनसंख्याको हिसावले तेस्रो, चौथो र पाँचौं सबैभन्दा अधिक आबादी भएको देश हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ