arrow

आश्विनको मानकडले जिताएको खेल र गुमाएको भलाद्मीपना

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
butler-ashwin-mankad.jpg

काठमाडौं। ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको राजस्थान रोयल्स र किङ्ग्स ईलेवन पञ्जाब बिचको खेल ‘मान्कड’ आउटका कारण चर्चामा रहेको छ। पञ्जाबका कप्तान रविचन्द्रन आश्विनले बलिङ गर्ने क्रममा राजस्थानका जोस बटलरलाई आउट गरेका थिए। उनले बटलरलाई बलिङ गर्ने क्रममा क्रिज बाट अगाडी जान कुरेर आउट गरेका थिए।

उक्त मानकड पछि क्रिकेट बिश्वमा उक्त कार्यको बिरोध र समर्थनमा बहशहरु शुरु भएका छन्। भलाद्मीहरुको खेल भनेर चिनिने खेलमा मानकडलाई रुचाउने गरिंदैन तर नियमले त्यस्तो आउटलाई आउट नै मान्छ ।

राजस्थानले १ सय ८५ रनको लक्ष्य पच्छ्याउने क्रममा १२ ओभरको समाप्तिमा १ विकेटको नोक्सानीमा १ सय ५ रन बनाईसकेको थियो। बट्लर ६७ रनमा खेलिरहेका थिए। नन-स्ट्राईकिङ तिर रहेका बट्लरलाई आश्विनले बल फाल्नु अघि क्रिज छोडेको भन्दै बेल्स झारेका थिए। तेस्रो अम्पायरले बट्लरलाई आउट घोषित गरेको थियो।

यस किसिमको आउट गर्दा ब्याट्सम्यानलाई बलरले एक पटक चेतावनी दिने परम्परा रहेको छ। तर पनि चेतावनी नदिई आउट गर्न पाउने नियम भने रहेको छ। बट्लर आउट भएपछि जित्ने संभावना देखिएको खेल राजस्थानले गुमाएको थियो।

खेल जिते पनि आश्विनको कप्तानी गरेको टोली पञ्जाबले भलाद्मीपना गुमाएको छ। धेरै भारतीयहरु पनि उनको यस्तो हरकतको बिरोधमा देखिएका छन्। क्रिकेटले भलाद्मीपना गुमाएकै हो भन्ने प्रश्न उठेको छ। विश्वभरीका क्रिकेट प्रेमीहरु र पुर्व क्रिकेटर एवं बिश्लेसकहरुको अधिकांश मत आश्विनको बिपक्षमा रहेको छ। केहीले नियम भन्दा माथि अरु कुनै कुरा नहुने तर्क गरेका छन्। यस्तै तर्कहरुले अहिले क्रिकेट विश्व तातेको छ।  

यसअघि पनि आश्विनले सन् २०१२मा श्रीलंकाका लाहिरु थिरिमानेलाई यसैगरि आउट गरेका थिए तर भारतका कप्तान बिरेन्द्र सेहवागले भलाद्मीपना देखाउँदै थिरिमानेलाई पुन: ब्यटिङ गर्न आमन्त्रण गरेका थिए।

बट्लरको भने मानकड आउट भएको दोस्रो पटक हो । यसअघि श्रीलंकासँगको खेलमा सेनानायेकेले उनलाई आउट गरेका थिए। एकपटक त्यसरी आउट भैसके पछि पुन: किन ध्यान दिएनन् बट्लरले भनेर प्रश्न गर्नेहरु पनि छन्।

आश्विनले आफुले कुनै योजना बिना उक्त कार्य गरेको बताएका छन्। उनले सन् २०१२को आउटमा पनि बलरले एक ईन्च क्रिज भन्दा बाहिर गोडा निकाल्न नपाउने तर बलिङ गर्नु अघि ब्याट्सम्यानले किन क्रिज छाड्ने । त्यो फाईदा ब्यट्सम्यानलाई मात्र किन दिने ? भनने तर्क गरेका थिए।

धेरैले उनको कार्यलाई ‘अभद्र’को संज्ञा दिएका छन्। क्रिकेटको नियम आफ्नो ठाउँमा छ तर खेलको मुल्य-मान्यता बिपरितको कार्य हो भन्नेहरुमा धेरै पुर्व क्रिकेटर रहेका छन्।

सन् १९४७को अष्ट्रेलिया बिरुद्धको टेष्ट श्रृखंलाको दोस्रो टेष्टमा भारतका बिनु मानकडले अष्ट्रेलियाका बिल ब्राउनलाई त्यसरी नै आउट गरेका थिए । उनको नामबाट उक्त आउटलाई नामाकरण गरिएको हो । उनले उक्त टेष्टमा ब्राउनलाई पहिले चेतावनी दिएका थिए।

आईफीएलको बाह्रौम संस्करणमा पहिलो पटक कुनै ब्यट्सम्यान मानकड आउट भएको हो । यो प्रकरणले क्रिकेटमा फेरि एक पटक भलाद्मीहरु खेल र नियम बिच बहश शुरु भएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ