arrow

भारत–चीन जोड्ने मोटरेबल पुल : डिजाईन फेल हुदाँ साँढे सातबर्षदेखि अलपत्र

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत १२ मंगलबार
damchaur_pul_syangja.JPG

स्याङ्जा । तीन बर्षमा काम सक्ने गरि सम्झौता गरेर काम थालिएको स्याङ्जाको कालिगण्डकी नदीका २ मोटरेबल पुल डिजाइन फेल हुदाँ अलपत्र परेका छन् । चापाकोट ८ र रामपुरनगरपालिका ६ पाल्पाजोड्ने दामाचौर पुल तथा चापाकोट ९ र रामपुर ६ जोड्ने निर्दिमघाट पुलसडक बिभागको पुल महाशाखाले तयार पारेको डिजाईन फेल हुदाँ निर्माण प्रक्रियासाँढे ७ बर्ष सम्म अलपत्र परेको हो । पाल्पास्थित सडक विभागले सुचना प्रकाशन गरेर एकै दिन सम्झौतागरि निर्माण थालनी भएका मोटरेबल पुलको निर्माण महाशाखाको डिजाईन फेल भएपछि निर्माणमा समस्या देखिएको हो । सडक बिभागको पुल महाशाखाले दामाचौर र निर्दिमघाट दुबै पुलको स्वाईल टेस्ट (माटो परिक्षण) र डिजाईन गर्ने जिम्मा बिडीए नेपाल प्रालिलाई दिएको थियो ।

२०६८ साल असार २६ गते एम.एस.इलाईट एस.बिए. जेबीकपन काठमाडौले दामाचौर पुल र निर्दिमघाट पुल कन्काई-मिलिनीयम-नेपाल प्रगती जेभिले ३ बर्षमा काम सक्ने गरि सम्झौता गरेको थियो । वेल फाउण्डेस डिजाईनमा कामगर्ने गरि सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएका दुबै पुलको निर्माण कम्पनीले पहिलो चरणमा दुई छेउकापिलर निर्माण पश्चात नदीको मध्य भागमा पिलर बनाउने क्रममा डिजाइन अनुसार निर्माणको काम अगाडी नबढेपछि ७ बर्षबाट पुलबन्ने प्रक्रिया रोकिएको छ ।

महाशाखाँले पुलको प्राविधिक परिक्षणका आधारमा डिजाईन गरेकोमा परिक्षण गरिएको ठाउँमा डिजाईन अनुसारको पिलरनिर्माण कम्पनीले बन्न नसक्ने अवस्था सडकलाई बताएपछि प्राविधिक परिक्षणगर्ने प्राबिधिक प्रति औला ठडिएको छ । दामाचौर पुलको छेउ छेउका दुई पिल्लर बनेको छ भने निर्दिमघाट पुलका छेउका २ र नदीको बिचको एक पिल्लर बनेको छ ।

डिजाईन अनुसार पिल्लर १५-१५ मिटर जमिन मुनीदब्नु पर्नेमा ५ मिटर भन्दा तल चट्टान भेटिएपछि निर्माण थालेको ६ महिना पश्चातकाम गर्ने प्रक्रिया रोकिएको दामाचौर पुलको निर्माण कम्पनीएम.एस.इलाईटका श्याम केसीले बताए । पहिलो चरणमा काम गरेर १० प्रतिशतकाम सकेको बताउदै केसीले नदीको बिचको जमिनमा चट्टान भेटिएपछि काम अगाडी बढाउन नसकेको बताए ।

साढे चार बर्ष पहिलाकाम सकेर सरकारलाई हस्तान्तरण गर्नु पर्नेमा काम नसकिदा आफु चिन्तीत भएको बताउदै केसीले पुलनिर्माण भन्दापनि उम्किएर जानपाए राम्रो हुने सुनाए । रड, सिमेन्ट, गिटी, बालुवा जस्ता धेरै सामाग्री बिग्रेर गएको बताउदै केसीले फुलनिर्माण पश्चात केही मुनाफा गर्ने सोचको अन्त्य भएको बताए । दामाचौर पुल भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार २ सय ६६ रुपैयाँ ६० पैसामानिर्माण सक्ने गरि इलाईटले जिम्मालिएको हो । इलाईटले ६०-६० मिटरका तीन स्पाममा १ सय ८१ दशमलब ६९ मिटर लम्बाई रहेको पुलमा ४ पिल्लर राख्ने गरि एकै पटक कामथालेको थियो ।

यस्तै १ सय ५० मिटर लामो, तीन स्पाममा ४ पिलरको डिजाईन भएको निर्दिमघाट पुल १२ करोड ४८ लाख रुपैयाँमा पाल्पा सडकसँग कन्काई-मिलिनीयम-नेपालप्रगती जेभिलेसम्झौता गरेर कामलाई अगाडी बढाएको थियो । दुई छेउकापिलर र बिचको एक पिलर निर्माण पश्चात रोकिएको निर्दिमघाटको समस्या पनि दामाचौरको जस्तै हालतमा छ । चौथो पिलर बनाउने क्रममा चट्टान भेटिएपछि निर्माण थालेको एक बर्ष पछाडी कामगर्न नसकेको निर्माण कम्पनीका यामबहादुर श्रेष्ठले बताए । निर्माणको जिम्मा पाएपश्चात सबै सामाग्रीतयार गरि काम थालेको बताउदै श्रेष्ठले पुलनिर्माणका लागि ल्याएका रड, सिमेन्ट लगायतका सामाग्री बिग्रेको बताए ।

निर्माणका लागि ल्याएका सामाग्री बिग्रदालाखौ क्षति भएको बताउदै श्रेष्ठले निर्माण भएका पिलरमा प्रयोग भएर बाहिर देखिएका रड समेत खियाँलागेको बताए । उनका अनुसार माटो परिक्षणको जिम्मा पाएको कन्सल्टेन्सी र इन्जिनियरले राम्रोसँग काम नगर्दा आफुहरुले ठुलो क्षतिब्यर्होन बाध्यभएका छौं । नयाँ डिजाईन चाडो सडकले उपलब्ध गराएमा पुल एक बर्षमा निर्माण गरेर सरकारलाई बुझाउन सकिने श्रेष्ठले दाबी गरे । पुलनिर्माण प्रक्रिया पुलको डिजाईनका क्रममा समस्या रहदा साँढे ७ बर्ष ढिलाई भएको बताउदै सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदार नेपालले पुलको पाइल फाउण्डेसनमा नयाँ डिजाईन तयार भएको जानकारी दिए । मोटरेबल पुलनयाँ डिजाईनमा कामगर्न १५ देखि २० प्रतिशत रकमथप्नु पर्ने बताउदै नेपालले बिभागले थपगर्ने रकमको टुङगो नलगाएसम्म पुलनिर्माणको थालनी नहुने बताए ।
    
पुलको नयाँ डिजाईन भएअनुसार नयाँ टेण्डर प्रकाशनगरि नयाँ निर्माण कम्पनीलाई दिएमा हालको मुल्य बृद्धि भन्दादोब्बर खर्च लाग्ने देखिन्छ । बिडिए नेपाल प्रालिले गरेको प्राविधिक परिक्षण र डिजाईन फेल हुदाँ राज्यले करौडौ क्षति व्यहोरेकको बताउदै स्थानीय राजु कुमालले डिजाईन फेल गराउने जो कोही भएपनि सजायको भागिदार हुनुपर्ने बताए । कालिगण्डकीका दुबै पुल भारतको सिमाना नवलपरासी सुस्ता र चिन जोड्ने सबैभन्दा छोटो दुरीको भएको स्थायनीयको बुझाई छ । पुलको निर्माणले भारत तर्फ स्याङ्जाको चापाकोट हुदै पाल्पाको रामपुर, मित्तेल, झिरुवास, नयाँ बेलनीहुदै नवलपुरको अरुणखोला, सुस्ताजोडिने बताउदै स्थानीयले ज्याग्दी खोला करिडोर हुँदै आँधीखोला करिडोर, पर्वत, मुक्तीनाथ हुँदै चीन पुगिने बताए ।

सडकले पुलनिर्माण थालनी गरेर लामो समय सम्मन सक्दायहाँका स्थानीयबासिन्दाहरु बिस्ता पीत भएर बुटवल, नारायणगढ बजारमा पुग्नथालेको स्थानीय राजन डोटेलले बताए । पुलको प्रयोगबाट स्थानीय स्तरमा उत्पादीत नगदेबाली बुटवल, पोखरा, नारायणगढ जस्ता बजार क्षेत्रमा लैजान सकिने बताउदै डोटेलले पुलनिर्माण नहुदाँ स्थानीयमर्कामा परेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ