arrow

म्यानमारको नयाँ राष्ट्रपतिमा टिन च्यो विजयी

यो जित सुचीको हो– नवनियुक्त राष्ट्रपति

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
Myanmar_President_sukyi.jpg.jpeg
नाइपित्व (म्यानमार)। म्यानमारको नयाँ राष्ट्रपतिमा यहाँको नेशनल लिग फर डेमोक्र्यासीका एकजना वरिष्ठ नेता टिन च्यो बिजयी हुनुभएको छ । म्यानमारको संसदमा मङ्गलबार भएको गोप्य मतदानमा उहाँले सर्वाधिक मत प्राप्त गरी विजयी हुनुभएको घोषणा म्यानमारको संसदले अपरान्ह घोषणा गरेको हो । 
 
उहाँ म्यानमारमा कैयौँ दशकपछि पहिलो नागरिक राष्ट्रपतिका रुपमा बिजयी हुनुभएको हो । उहाँ म्यानमारमा आगामी पाँच वर्षका लागि निर्वाचित हुनुभएको हो । 
 
यो जित सुचीको हो– नवनियुक्त राष्ट्रपति 
यसैबीच मङ्गलबार भएको यस निर्वाचनबाट आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– यो जित सुचीको हो । उहाँले सम्वाददाताहरुसँग भन्नुभयो– यो जित दिदी सुचीको जित हो, उहाँलाई नै बधाई र धन्यवाद छ । आफूले सुचीको आज्ञापालकका रुपमा कामगर्ने पनि उहाँले बताउनुभयो । 
 
च्यो म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको दल नेशनल लिग फर डेमोक्र्यासीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँ सुचीको एक विश्वासपात्रका रुपमा पनि चिनिनुहुन्छ । म्यानमारको संविधानले सुकीलाई यस पदका लागि प्रतिबन्ध लगाएकोले उहाँले नै च्योलाई अघि सार्नुभएको हो । एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ