arrow

३५ वर्षमा गान्धीले गरे ७९ हजार किलोमिटरको पैदल यात्रा

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
0gandhig.jpg

काठमाडौं । भारतको राष्ट्रपिता मानिने महात्मा गान्धीले ३५ वर्षमा ७९ हजार किलोमिटरको पैदल यात्रा गरेका थिए । यो समग्र पृथ्वीको परिक्रमा ( ४० हजार किलोमिटर)को झण्डै दोब्बर हो ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको अनुसन्धानको प्रतिवेदनमा यस्तो पाइएको हो । १ सय ५० औं जन्मजयन्तीको अवसरमा सोमबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार उनी दैनिक करिब १८ किलोमिटर पैदल हिँड्थे । उनी बिहान उठेपछि एक घण्टा र सुत्नुभन्दा पहिला ३० देखि ४५ मिनेट हिँड्ने गर्थे ।

उनलाई सन् १९२५, १९३६ र १९४४ मा ३ पटक मलेरिया भएको थियो । सन् १९१९ मा पनि उनको पाइल्सको अपरेशन गरिएको थियो । सन् १९२४ मा उनको अपेन्डिक्सको पनि अपरेसन गरिएको थियो । अपरेशनको क्रममा बिजुली बत्ती गएको थियो, त्यतिबेला लाल्टिनको सहयोगमा अपरेशन गरिएको थियो ।

गान्धी ७० वर्षको हुँदा उनको उचाइ ५ फिट ५ इन्च र तौल ४६.७ किलो थियो । उनको उचाइको तुलनामा तौल कम थियो तर उनलाई रक्तचापको समस्या थियो । सन् १९४० मा एकपटक उनको रक्तचाप २२०/११० मापन गरिएको थियो ।

उनी शाकाहारी थिए । उनी मानसिक परिश्रम गर्ने मानिसका लागि शारीरिक परिश्रम पनि निकै आवश्यक रहेको बताउने गर्थे । अत्यधिक तनावका बीचमा उनलाई मुटुको समस्या भने कहिल्यै देखिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ