arrow

आतंकवादी संगठन जैश ए मोहम्मदप्रति चीनको सहानुभुति, आतंकवादलाई हेर्ने चीनको दृष्टिकोण के ?

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
masood-azhar.jpg

काठमाडौं। चीनले सधैं आफू आतंकवादको विरुद्धमा रहेको बताउँदै आएको छ। तर, उसका पछिल्लो व्यवहारले भने यो मामिलामा चीन द्वैध चरित्र देखाउँदै आएको आरोप लागेको छ।

भारतमा केही समयअघि भएको आतंकवादी आक्रमणपछि भने आतंकवादलाई ठीक लगाउन चीनले क्षेत्रियस्तरमा सहकार्य गर्ने अपेक्षा राष्ट्रसंघमा उसको भूमिकाले निराश बनाइदिएको टिप्पणी शुरू भएको छ। चीनले आतंकवादविरोधी भूमिकाको विषयमा दिएको अभिव्यक्तिले भने चीनको दोहोरो चरित्र देखिएको अन्र्तराष्टिय मिडियामा खबर आउन थालेको छ। 

भारतको पुलावामा आक्रमणको जिम्मा जैश ए मोहम्मद नामक संगठनले लिएको थियो। यो संगठनलाई विश्वव्यापी आतंकवादी संगठन घोषणा गर्न चीनले अस्वीकार गरेसँगै आतंकवादलाई चिनीयाँ दृष्टिकोखामाथि प्रश्न उठेको हो। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यहरु अमेरिका, बेलायत र फ्रान्सले जैश ए मोहम्मदलाई आतंककारी संगठन घोषणा गर्न सहमति जनाइसकेका छन्।

भारतले यो संगठनलाई विश्वव्यापी आतंकवादी घोषणा गर्न प्रस्ताव गरेको थियो। यसअघि पनि भारतले यो संगठनका प्रमुख मासुद अजरलाई आतंकवादी घोषणा गर्दै प्रतिबन्धको लागि प्रस्ताव गरेको थियो। तर, चीनले त्यतिबेला पनि विभिन्न बहानामा टार्ने प्रयास गरेको आरोप थियो। अहिले चीनको कदम पनि खासै अस्वाभाविक देखिँदैन। यसले चीन आफ्नो स्वार्थअनुसार मात्र आतंकवादी घोषणा गर्ने वा नगर्ने भन्ने पक्षमा देखिने गरेको आरोपलाई बल पुर्याएको छ । चीनमाथि लाग्दै आएको यो आरोप तथा जैश ए मोहम्मदप्रति सहानुभुति राख्नुको कारण अहिले खोजीको बिषय बनेको छ ।

अहिले चीनको पाकिस्तानसँगको सम्बन्ध सुमधुर रहेको छ। उक्त संगठन पनि पाकिस्तानमा लुक्दै आएको भारतको दाबी छ। यस्तोमा चीनले उक्त संगठनलाई आतंकवादी घोषणा नगर्नु पाकिस्तानप्रतिको मौन समर्थनको रूपमा पनि अथ्र्याइने गरेको छ। विशेषगरी चीनको पाकिस्तानमा बन्दै गरेको चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपेक)बारे स्वार्थ देखिन्छ। त्यसैले पनि चीनले पाकिस्तानविरुद्ध खासै नकारात्मक टीप्पणी गर्न चाहँदैन भन्ने रिर्पोटहरू सार्वजनिक हुन थालेका छ्न। 

जैश ए मोहम्मद सिपेकको निर्माणस्थल आसपास क्याम्प खडा गरेर बसेको छ जसले चिनियाँ स्वार्थको  विरोधमा काम गरेको छैन I एक किसिमले भन्दा जैश ए सिपेकमा चिनियाँ स्वार्थको विरोधमा नजाने कुरामा आश्वस्त भएपछि राष्ट्रसंघ सुरक्षा परिषदमा चीन बाँकी ४ राष्ट्रको विपक्षमा उभिएको टिप्पणी पनि जानकारहरूले गरेका छन् । यो अवस्थामा आतंकवादलाई हेर्ने चिनियाँ दृष्टिकोणबारे प्रश्न उठ्न थालेको छ I

सीपेकको फाइदा 
सीपेकको योजनाले व्यापारको हिसाबमा चीन र पाकिस्तान दुवैलाई महत्वपूर्ण फाइदा हुन्छ। चीनलाई आफ्नो सामग्री पाकिस्तानी बन्दरगाह हुँदै अन्य देशमा निर्यातको लागि पनि बाटो खुला हुनेछ। साथै आर्थिक संकटमा रहेको पाकिस्तानलाई यो योजनाको माध्यमबाट आफ्नो व्यापार अन्य मुलुक र चीनसँग विस्तारको लागि पनि महत्वपूर्ण सहयोग पुग्नेछ। 

चीनले शुरुवाती चरणमा ४६ अर्ब डलर लगानी गर्नै भनिएता पनि २०१७ को अन्त्य  सम्म ६२ अर्ब डलर बराबर मूल्य लाग्ने भएको छ। यसले पाकिस्तानको समग्र विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। साथै उल्लेख्य मात्रामा पाकिस्तानमा रोजगारीको सृजना हुने र आर्थिक वृद्धिदर पनि उल्लेख्य रहनसक्ने अनुमान गरिएको छ। त्यसैले पाकिस्तान पनि आर्थिक समस्याबाट पार पाउने आशामा जसरी पनि यो योजना पूरा गराउने पक्षमा छ। 

सीपेकको जोखिम 
सीपेकको योजनाले पाकिस्तानलाई फाइदाभन्दा पनि ठूलो जोखिम उत्पन्न हुनसक्ने विश्लेषकहरुले बताएका छन्। यो योजनाले आगामी दिनमा पाकिस्तानको आर्थिक क्षेत्रको सुधार हुनुभन्दा पनि आर्थिक तथा सामाजिक संकट उत्पन्न हुनसक्ने विश्लेषकहरुले बताएका छन्। 

विशेषगरी चीनले यो कार्यका लागि दिएको ऋण बुझाउन नसक्ने आशंका धेरैले गरेका छन्। चीनको ऋण फिर्ता बुझाउन नसक्दा केही मुलुकले आफ्नो सम्पत्ति चीनलाई बुझाउनुपरेको केही घटनाहरु पनि देखिँदै आएका छन्। उक्त सूचीमा पाकिस्तान पनि पर्नसक्ने विश्लेषकहरुले आशंका व्यक्त गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ