arrow

भारत–पाकिस्तान सीमामा चिनियाँ सैनिक 

logo
एजेन्सी
प्रकाशित २०७५ चैत १२ मंगलबार
china9.jpg

काठमाडौं । चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपेक)को सुरक्षाको लागि चीनले भारत–पाकिस्तान सीमामा सैनिक तैनाथ गरेको छ । रुसी सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार सीपेकको सम्भावित खतराबाट बच्न लागि चीनले यस्तो कदम उठाएको हो । 

भारतीय सेनाले पाकिस्तानको सिन्ध प्रान्तको थार क्षेत्रमा चिनियाँ सेनाको हलचल देखेका हुन् । यो क्षेत्र भारतको सीमाभन्दा करिब ९० किलोमिटरको दूरीमा पर्छ । 

पाकिस्तानले सीपेकको सुरक्षा गर्न नसकेको भन्दै चीनले आफ्नो सैनिक तैनाथ गरेको हो । तर, सीमाको निकै नजिक चिनियाँ सेना आउनु भारतको लागि भने चिन्ताको विषय हो । 

चीन अहिले ६२ अर्ब डलरको महत्वाकांक्षी सीपेकको योजनामा काम गरिरहेको छ । यो योजनाको माध्यमबाट चीन अरब सागरको ग्वादर बन्दरगाहको विकास पनि चीनले गरिरहेको छ । यो योजना चीनको लागि आगामी दिनमा निकै महत्वपूर्ण साबित हुनसक्ने देखिएको छ । 

पाकिस्तानको काश्मिरमा यो योजनामा पर्ने भएसँगै भारतले पनि यसको विरोध गर्दै आएको छ । यो सीपेकका लागि पाकिस्तानले १७ हजार सैनिक तैनाथ गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ