arrow

युवाप्रति सरकारको अलमल, श्रम मन्त्री युवा विदेश पठाउन खोज्ने गरिबी निवारण मन्त्री रोक्न खोज्ने

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
youth.png

काठमाडौं । नेपाली युवाप्रति सरकार अलमलमा देखिएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले नेपाली युवालाई विदेश पठाउन जापानसंग सम्झौता गरेको अर्को दिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले युवालाई विदेश पठाउन नहुने बताएकी छिन् । 

मन्त्री अर्यालले युवाहरुलाई विदेश पठाउने होइन नेपाललाई विदेशी युवाको आकर्षणको थलोको रुपमा विकास गर्नुपर्ने बताएकी छिन् ।

मन्त्री अर्यालले मंगलबार आधिखोला गाउँपालिकाको वडा नम्बर २ र ५ जोड्ने भैरवकुण्ड मोटरेवल पुलको शिलान्यास गर्दै प्रत्येक घरका एक जना सदस्यलाई रोजगारी दिने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको बताइन् ।

पाँच वर्षमा जनताले देख्ने गरी समृद्धितर्फ देश अगाडि बढ्ने बताउँदै अहिले एक वर्षमै सरकारको समृद्धिको योजनाको मुल्याङ्कन गर्ने बेला भई नसकेको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ