arrow

जिल्लाको विकास बजेटमा राजनीतिक दलको दलाली, जिविसको रकमले पार्टीका स्मृति भवन निर्माण

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७२ चैत २ मंगलबार
Bajhang-hamrakura.jpg.jpeg
बझाङ । विकास निर्माणका लागि विनियोजित बजेट राजनीतिक दलका पार्टी कार्यालय भवन निर्माण खर्च हुने गरेको रहस्य खुलेको छ । जिल्ला विकास समितिबाटै प्रत्येक आर्थिक वर्षमा पार्टी कार्यालयको भवन निर्माणका लागि बजेट विनियोजन गर्ने गरेको हो । जिल्लाको सम्रग विकासको लागि आएको बजेटबाट प्रत्येक वर्ष  जिल्ला विकास समितिले  पार्टी कार्यालयको भवन निर्माणका लागि रकम उपलब्ध गराउदा अन्य विकास निर्माणका कामहरु थाँती रहने गरेका छन् । 
 
जिल्लाका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत माओवादी पार्टीले जिविसबाट पार्टी कार्यालयका लागि भन्दै भन्दै वर्षेनी लाखौंको बजेट भागवण्डा गर्ने गरेकाले जिल्लाका मूल्य विकास निर्माणका कामहरु ओझेलमा पर्ने गरेका हुन् । जिल्ला विकास समितिको रकमबाट पार्टी कार्यालयको जमिन खरिद र भवन निर्माण भएपछि जिल्लाका अन्य साना राजनीतिक दलहरुले यसको विरोध गरेका छन् । प्रमुख राजनैतिक दल नेपाली काँग्रेसले गणेशमान स्मृत भवन, नेकपा एमालेले मदन स्मृत भवन र एमाओवादीले शहीद स्मृती भवन निर्माण गर्ने भन्दै जिल्ला विकास समितिबाट लाखौ रकम लिएर पार्टी कार्यालयको भवन निर्माणमा खर्च गरेका छन् । विकास निार्माणका अन्य महत्वपूर्ण योजनाहरु वर्षेनी पछाडी पर्दै आएका छन् ।  
 
आर्थिक वर्ष २०६९–०७० को जिल्ला परिषद्बाट पार्टी कार्यालयहरुका  नाममा  एमाओवादीले शहीद स्मारक भवन निर्माण शिर्षकमा एक लाख ७० हजार ,नेपाली कांग्रेसले वीपी स्मृति वाचनालय निर्माण शिर्षकमा ५८ हजार र नेकपा एमालेले मदन स्मृति भवन जाने बाटो शिर्षकमा ५० हजार लिएका थिए । 
 
त्यस्तै, आर्थिक वर्ष २०७०–०७१ को जिल्ला परिषद्बाट समेत कर्णाली वरीपरी विशेष कार्यक्रम अन्र्तगत एमाओवादीले शहीद स्मृति भवन निर्माण शिर्षकमा एक लाख रकम लिएको थियो । आर्थिक वर्ष २०७२–०७३ को जिल्ला परिषदबाट राजश्व बाँडफाड तर्फको मागमा आधारित पूर्वाधार योजना तर्फ नेपाली कांग्रेसले गणेशमान स्मृति भवन निर्माण गर्ने भन्दै पाँच लाख ७८ हजार लिएको छ । त्यस्तै, एमाओवादीले शहीद स्मृति भवन निर्माण शिर्षकमा पाँच लाख रकम लिएको छ  । आगामी  आर्थिक वर्ष २०७३–७४ मा पनि जिल्ला विकास बाट तीनै  पार्टीले स्मृति भवन र पुस्तकालय स्थापना गर्ने भन्दै रकम छुट्याउन लगाएका छन् । 
 
विगतका वर्षहरु जस्तै भएकाले यसलाई नियमन गर्ने जिम्मेवारी राजनितक दलको भएको जिविसका  योजना अधिकृत सूर्य प्रशाद गौतमले बताए । उनले भने, ‘यसरी स्मृति भवनका नाममा रकम छुट्याइन्छ ।’ केन्द्रमा पनि राजनीतिक जीवनका महत्वपूर्ण व्यक्तिको स्मृति भवनका नाममा पार्टी कार्यालयका भवन निर्माण भएको जिकिर गर्दे उहाँले माथी पनि राज्यकोषको रकम दिने गरेको बताए ।   
 
प्रमुख तीन राजनीतिक दलले वर्षेनी मृतक व्यक्तिका नाममा स्मृति भवन बनाउने भन्दै  रकम लिनु राम्रो नभएको राप्रपाका जिल्ला अध्यक्ष विश्व प्रकाश जेठाराले बताए । उनले भने, ‘यसको सिको अन्यपार्टीले गरेपनि जिविसले रकम दिनु पर्ने बाध्यता आउन्छ ।’ सांसद विकास कोषको रकम समेत नेताहरुले पार्टी कार्यालय निर्माणमा लगानी गरेका छन् । नीति प्रक्रिया मिचेर नेताहरुले जिविसको रकम पार्टी कार्यालयका भवन निर्माणमा लगाइरहेका छन् । राज्य निम्छरो बनेर हेरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ