arrow

ईटालीको सनसनीपूर्ण प्रदर्शन, आधादर्जन गोल

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
italy5.jpg

काठमाडौं । युरोकप फुटबल २०२० को छनोटमा ईटालीले सनसनीपूर्ण प्रदर्शन गरेको छ । इटालीले मंगलबार राति लेचटेन्सटेनमाथि आधा दर्जन गोल बर्सायो । 

Sampdoria forward Fabio Quagliarella scored twice from the penalty spot on Tuesday

पार्मामा भएको खेलमा १७ मिनेटमा स्टेफानो सेन्सीको गोलबाट अग्रता लिन थालेको इटालीले ३२ औं मिनेटमा मार्को भेर्राटीको गोलबाट दोब्बर पार्यो । 

Juventus star Moise Kean added a fifth 20 minutes from time against Liechtenstein

३५ औं र ४५ औं मिनेटमा पाएको पेनाल्टीलाई फाबियो क्वाग्लिआरेलाले गोल गरेर ४–० गोलअन्तर पुर्याए । 

Quagliarella set a new record as Italy's oldest goalscorer at 36 years and 54 days

खराब खेलेको लेचटेन्सटेनका डानियल कौफमान रातो कार्ड खाएर मैदान बाहिर जाँदा लेचटेन्सटेन १० खेलाडीमा सीमित भयो । 

मोस केन र लियोनार्डो पाभोलेट्टीले एक गोल थपेर आधा दर्जन गोल पुर्याए । 

Sensi opened their account with a powerful header after 17 minutes. Stefano Sensi opened their account with a powerful header after 17 minutes

सन् २०१८ को रसिया विश्वकपमा छनोट हुन नसकेर आलोचित बनेको इटाली युरोकप छनोटमा भने आकर्षक प्रदर्शन गरिरहेको छ ।

समूह जेको इटालीले यसअघि फिनल्याण्डलाई २–० ले हराएको थियो । ६ टोली सहभागी समूह जेमा इटाली शीर्ष स्थानमा रहँदा ग्रीस र बोस्निया एण्ड हर्जगोबिना ४–४ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । 

३ अंकको फिनल्याण्ड चौथो स्थानमा छ भने अर्मेनिया र लेचटेन्सटेनले खाता खोलेका छैनन् । 

दुई टोलीमात्र अर्को चरणमा पुग्नेछन् । मंगलबार रातिको खेलमा फिनल्याण्डले अर्मेनियालाई २–० ले हरायो भने ग्रीस र बोस्नियाले २–२ गोलको बराबरी खेले ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ