- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेयमार बिनाको ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा चेक रिपब्लिकलाई हराएको छ । ब्राजिलले खेल ३–१ गोल अन्तरले जितेको हो ।
ब्राजिललाई जिताउन गाब्रियल जिससले २ गोल गरे । रोबर्टो फर्मिन्होले १ गोल गरे ।
३७ औं मिनेटमा चेक खेलाडी डेभिड पाभेल्काले गोल गर्दै अग्रता दिलाए ।
ब्राजिललाई बराबरीमा ल्याउन दोस्रो हाफमा जानु पर्यो । ४९ औं मिनेटमा फर्मिन्होले गोल गरे ।
जिससले ८३ औं मिनेटमा दोस्रो गोल गरे । इन्जुरी समयमा जिससले अर्को गोल थपे ।