arrow

राष्ट्रविरोधी नारा लगाएको भन्दै कन्हैया कुमारलाई जेएनयूबाट हटाउन सिफारिश

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
kanhaiya_kumar_jnu_new_credit_ap_624x351_ap.jpg.jpeg
एजेन्सी ।  राष्ट्रविरोधी नारा लगाएको भन्दै  विद्यार्थी संघका अध्यक्ष कन्हैयाकुमार सहित पाँच विद्यार्थीलाई जहवारलाल नेहरु विश्वविद्यालय (जेएनयु) को उच्चस्तरीय समितिले विश्वविद्यालयबाट निकाल्न सिफारिश गरेको छ । विश्विद्यालयको आन्तरिक समितिले विद्यार्थी नेताहरु रामा नागा तथा चिन्टु कुमारी सहित २१ जनाविरुद्ध कारण देखाऊ आदेश पठाएको छ। जेएनयुमा भएको नाराबाजी प्रकरणलाई लिएर विद्यार्थीले भोलिसम्म कारण पेश गर्नुपर्नेछ।
 
उच्चस्तरीय समितिले गरेको सिफारिशमाथि कुलपति एम जगदशीकुमारबाट अन्तिम फैसला गर्नेछन् । सोमबार यस विषयमा छलफल भए पनि अन्तिम फैसला आउन बाँकी छ। कन्हैयाकुमारले भारत भ्रष्टाचार र अन्य सामाजिक विभेदबाट अझै स्वतन्त्र हुन नसकेको भन्दै जेएनयुमा भाषण गरेका थिए। सो विषयलाई प्रशासनले गम्भीरतापूर्वक लिँदै उनीविरुद्ध प्रशासनिक कारवाही अघि बढाएको थियो।  विश्वविद्यालयको जाँचबुझ समितिले कन्हैयाकुमारले अनुशासन तोडेर अभिव्यक्ति दिएको ठहर गर्दै यस्तो सिफारिश गरेको हो। 
 
जेएनयुमा भएको विद्यार्थी आन्दोलन भारत विरोधी नारा लागेको भन्दै प्रहरीले कन्हैया कुमार सहितका विद्यार्थीलाई पक्राउ गरेको थियो।  जे केही भारती मिडियासमेत साच्चै राष्ट्रद्रोह गरेको भन्दै सनसनीपुर्ण भिडियोहरु प्रसारण गरेका थिए। तर २२ दिनको जेल पनि कन्हैया कुमार अप्रत्याशित शुरमा भारतभरि छाए। उनलाई वर्तमान राजनैतिक दलको विकल्पका रुपमा समेत पेश गर्न थालिसकिएको छ ।उनको दमदार भाषणलाई ठुला टेलिभिजन मिडियाहरुले प्रत्यक्ष प्रसारण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ