arrow

नेपाली यू–२३ को फुटबल टिम आठ गोलको भारी बोकेर फर्कदै 

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
nepalu23.jpg

काठमाडौँ । २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । 

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा मंगलबार राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । 

छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो । 

यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा कतारसँग ५–० को हार व्यहोरेको थियो । 

अफगानिस्तानको जितमा सोलोमोन साह र अहमेद ओम्रानले एक–एक गोल गरे । खेलको २४औँ मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई शुरुआती अग्रता दिलाए ।

त्यस्तै खेलको पहिलो हाफको ३४औँ मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २–० को सहज जित दिलाए । 

त्यस्तै समूह ‘ए’ बाट आयोजक कतार शीर्षस्थानमा रहँदै थाइल्याण्डमा अर्को वर्ष आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपमा छनोट भएको छ । 

मङ्गलबार राति नै भएको कतार र ओमनबीचको खेल दुई–दुई गोलको बराबरीमा रोकिएपछि कतार गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा रहँदै च्याम्यिनसिपका लागि छनोट भएको हो । 

नेपाली टिम भने आठ गोलको भारी बोकेर स्वदेश फर्किँदै छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ