arrow

भारतीय राष्ट्रिय कांग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक

logo
एएनआई,
प्रकाशित २०७५ चैत १३ बुधबार
indian-congress-rahul.jpg

नयाँ दिल्ली। भारतीय राष्ट्रिय काँग्रेसले महाराष्ट्रमा पहिलो दुई चरणमा हुने लोक सभा निर्वाचनका लागि प्रचारकहरुको सूची तयार पारेको छ। पार्टीले मङ्लबार सार्वजनिक गरेको सूचीमा ४० जना नेताहरुको नाम रहेको अधिकारीहरुले जानकारी दिएका छन्।

सूचीमा कांग्रेस अध्यक्ष राहुल गान्धी, युपिए अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह, पार्टीका बरिष्ठ नेताहरू माल्लिकार्जुन खार्गे, गुलाम नाबी आजाद र सुशील कुमार शिन्देलगायत रहेका छन्। तोकिएका नेताहरुले ती निर्वाचन क्षेत्रका लागि पार्टीबाट उठाइएका उम्मेदवारलाई जिताउन हरेक प्रयास गर्नुहुने पार्टीले जनाएको छ।

महाराष्ट्रमा ४८ सिटका लागि निर्वाचन हुन लागेको छ। सात चरणमा हुने लोकसभा निर्वाचन यही अप्रिल ११ देखि सुरु हुन लागेको छ। निर्वाचन मे १९ सम्म चल्नेछ। महाराष्ट्रमा भने अप्रिल ११ देखि सुरु भई पहिलो चार चरणमा निर्वाचन हुनेछ। निर्वाचनको नतिजा भने मे २३ मा घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ