arrow

भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिक प्रवेश गराएको अमेरिकाको खुलाशा

logo
एएफपी,
प्रकाशित २०७५ चैत १३ बुधबार
pompeo-us-foreign-secretary.jpg

वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएको भन्दै यसलाई अमेरिकाले टुलुटुलु हेरेर नबस्ने बताएका छन्। भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन रूसी सेनालाई भेनेजुयला प्रवेश गराएको भन्दै पोम्पेओले उक्त भनाई राखेका हुन्।

अमेरिकी विदेशमन्त्रीले आफ्ना रूसी समकक्षी सेर्गेई लाभरोभलाई टेलिफोन गरी दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक सङ्कटमा रूसी सैनिकको बढ्दो दवाबले यहाँको प्रतिपक्षीको आवाजलाई कमजोर बनाउने काम वासिङ्टनका लागि सह्य नहुने बताए।

“भेनेजुयलाको तनावलाई रूसले थप उत्तेजित पार्न खोजे संयुक्त राज्य अमेरिका तथा क्षेत्रीय मुलुकहरू यसप्रति चुप लागी नबस्ने पोम्पेओले फोनमा लाभरोभलाई भनेका छन्, अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ।

भेनेजुयलाका ‘अवैधानिक’ राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन गोप्य रूपमा रूसी सैनिक अधिकारी भेनेजुयला प्रबेश गरेकोले यसबाट भेनेजुयलाका जनता जसले ‘अन्तरिम राष्ट्रपति’हुँवा गुएइदोलाई समर्थन दिएका छन्,लाई खतरा बढेको छ, पोम्पेओले भने।

गुएइदोलाई अमेरिका तथा ल्याटिन अमेरिकी तथा यूरोपेली केही मुलुकहरूको समर्थन रहेको छ भने मदुरोले चीन र रूसको समर्थन पाएका छन्। अमेरिकी प्रतिस्पर्धी मुलुकहरू चीन र रूसले भेनेजुयलाको मदुरो सरकारलाई आर्थिक तथा राजनीतिक सहयोग प्रदान गर्दै आएका छन्।

पोम्पेओले रूसलाई ‘गैर–रचनात्मक व्यवहार’ लाई रोक्न र गुएइदोलाई समर्थन गर्न आग्रह गर्दैआएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ