arrow

'स्वतन्त्र, निष्पक्ष र भयरहित पत्रकारिताको लागि प्रदेश सरकार पूर्ण प्रतिबद्ध'

logo
निरंजन कुमार साह,
प्रकाशित २०७५ चैत १३ बुधबार
raut1.jpg

जनकपुरधाम ।  प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले गोरखापत्रलाई समय सापेक्ष बनाउन सुझाव दिएका छन् । गोरखापत्र संस्थानले बुधबारदेखि जनकपुरधाममा शुरु गरेको दुई दिवसीय प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको समुदघाटन गर्दै मुख्यमन्त्री राउतले आजको प्रतिस्पर्धी युगमा गोरखापत्र संस्थान पुरानो ढर्रा नत्यागे इतिहासमा सिमित हुने तर्फ सचेत गराएका छन ।

अनुभव र उर्जाले भरिपूर्ण गोरखापत्र अहिले ठेक्कापट्टा र पदपूर्ति सम्बन्धि विज्ञानको पयार्य बन्न लागेको प्रति चिन्ता व्यक्त गर्दै  मुख्यमन्त्री राउतले आम पाठकको लागि समयमै समाचार पुर्याउनु प्रतिस्पर्धी माध्यम बननु पर्नेमा जोड दिए । निजी क्षेत्रका पत्रिकाहरु संग प्रतिस्पर्धा गर्न गोरखापत्रको वितरण प्रणालीलाई चुस्त दुरुस्त र छरितो बनाउन सुझाव दिदै  मुख्यमन्त्री राउतले अवको प्राविधियुगमा गोरखापत्रलाई समेत प्रविधी मैत्री बनाउनु पर्ने तर्क राखे ।

स्वतन्त्र निष्पक्ष र भयरहित पत्रकारिताको लागि प्रदेश नम्बर दुईको सरकार पूर्ण प्रतिबद्ध रहेको तर्क राखदै  मुख्यमन्त्री राउतले पत्रकारहरुलाई जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे। पत्रकारहरुको एउटा सानो गल्तीले कुनै व्यत्ति वा समाज बर्बाद हुन सक्ने र एउटा सानो प्रयासले मुलुकका शान्ति र सुशासन कायम हुन सक्ने भएकाले पत्रकारहरुलाई सचेत पत्रकारिता गर्नु पर्नेमा जोड दिए ।

उद्घाटन सत्रमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले गोरखापत्र संग रहेको उर्जा र अनुभवलाई पत्रिकामा भरपुर उपयोग गर्न सुझाव दिए । मन्त्री यादवले प्रदेश नम्बर दुईको सरकार केन्द्र भन्दा एक कदम अगाडी बढेर प्रेश स्वतन्त्रता दिने पक्षमा रहेको बोल्दै प्रदेश सरकारले ल्याउन लागेको संचार सम्बन्धिमा विधेयकमा कुनै समस्या देखिए संचारकर्मीहरु संग खुल्ला छलफल गर्न प्रदेश सरकार तयार रहेको बताए ।

दुई दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर दुई  अन्तर्गतका आठ वटै जिल्लाका सम्वाददाताहरुको उपस्थिति रहेको हो ।

गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, प्रशिक्षक शरदचन्द्र बस्ती, प्रधान सम्पादक श्रीओम श्रेष्ठ लागयतका वक्ताहरुले शुभकामना मन्तव्य राखे का थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ