arrow

कानुन मन्त्रीले हाने श्रम तथा रोजगार कार्यालयमा रेड

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
red.jpg

जनकपुरधाम। श्रम तथा रोजगार कार्यालय जनकपुरमा पटक पटक आईरहेको गुनासोलाई मध्य नजर गर्दै प्रदेश २ का आन्तरीक तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले वुधवार अनुगमन गरेका छन् ।
 
श्रम तथा रोजगार कार्यालय जनकपुरमा अनुगमन गर्दै समस्याहरू देखा पर्‍यो र उत्त समस्याहरूलाई तुरून्त समस्या समाधान गरि सभ्य तरिकाले काम गर्न कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई आदेश दिएका छन् ।  अनुगमनको क्रममा सेवा ग्रहीहरूले मन्त्री यादवलाई चारै तर्फ घेरा हालेर आफ्नो आफ्नो गुनासो पोखेका थिए ।
 
मन्त्री यादवले सेवा ग्रहीले गरेको गुनासोलाई मध्यनजर गर्दै कार्यलय प्रमुख मनोज यादवलाई तुरून्त समस्या सामाधान गर्न आग्रह गरे । त्यस्तै श्रम तथा रोजगार कार्यालय जनकपुरका प्रमुख मनोज यादवले काम काजमा कुनै किसिमको कमिकमजोरी नभई शुलभ तरिकाले सेवा प्रादन गर्ने प्रतिबद्धता व्यत्त गरेका छन् ।  

प्रदेश नम्वर २ जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालय धनुषामा काम गराउन आउने व्यत्ति बिचौलियाहरू हावि भएको बताउदै आएका छन् । श्रम तथा रोजगनर कार्यालय जनकपुरमा भईरहेको अनियमितता तथा लापरवाही जन्य कामको लागातार  गुनाशो आएको हुनाले आफै अनुगमन गरेर श्रम तथा रोजगार कार्यालयको काम काज अब गुनस्तरीय हुने  प्रदेश २ का आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले विश्वाष व्यत्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ