arrow

सरकार परिवर्तन भएनी मलाई डर छैन : उपप्रधानमन्त्री केसी

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
chitra-kc.jpg.jpeg
भक्तपुर । उपप्रधान, सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार परिवर्तन भए कुनै नौलो बिषय नहुने बताएका छन् । रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री केसीले नेपालका हरेक सरकारको निर्माणमा छिमेकीको प्रभाव रहने भएता पनि वर्तमान सरकार उसको इच्छा विपरित भएकाले सकेसम्म सरकार परिवर्तनमा लागेको बताए । 
 
मन्त्री केसीले भने, ‘छिमेकीकै इच्छा अनुसार नेपालमा सरकार निर्माण हुने परम्पराको अन्त्य भएता पनि काँग्रेसले आफ्नो महाधिवेशनमा नाकाबन्दीका बारेमा कुनै उल्लेख नगर्नुले समेत सरकार परिवर्तनको सम्भावना छ ।’ २००७ साल यता झन्डै १३ सय नेपालीका सन्तान मन्त्री भइसकेका छन् ।
 
आफु विगत देखिनै संघीयताको विपक्षमा रहेको भन्दै वर्तमान सरकारमा आफूले मन्त्री पदसँग संघीयता नसाँटेको प्रस्ट्याए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका मन्त्री केसीले संघीयता नेपालीको चाहना नभएर विदेशीले लादेको  विषय भएकाले नेपालीले संघीयता कसरी नेपालमा आयो र कसले नेपालमा संघियताको विषयलाई प्रयोगको थलो बनाई छ भन्ने बारे स्पष्ट बुझिसकेको तर्क गरे । 
 
सीमांकन कै नाम लिएर जसरी आन्दोलन भयो त्यो भारतको बटमलाइन भएको भन्दै आठ जिल्लालाई छुटइसकेको र १२ जिल्लालाई समेत छुटाउन लागेको केसीको जिकिर छ । भारतकै इशारामा मधेश आन्दोलन भएको ठोकुवा गर्दै केसीले नेपाललाई सके सिक्किम, नसके भुटान बनाउन लागि परेको भारतले अन्ततः नेपाललाई भारतमा गाभ्ने योजना बुनेको आरोप लगाए ।
 
सीमांकनमा हेरफेर गर्नेवित्तिकै नाकाबन्दी मधेशी दलहरुले फुकुवा गर्न अगावै भारतले खोल्नुले पनि मधेश आन्दोलन कसले गरेको हो भन्ने स्पष्ट भएको टिप्पणी गरे । मन्त्री केसीले छिमेकीकै इशारामा १७ दिनमै संविधान संशोधन गर्नुले पनि नेपाल पूर्ण स्वतन्त्र नरहेको प्रस्ट भएको बताए ।  भुगोल र जनसंख्याको आधारमा सीमांकन गरिने संविधानमा उल्लेख गरिएता पनि जनसंख्याको आधारमा सीमांकन गरेर देश टुक्राउने काम गरिएको केसीको जिकिर छ ।
 
सहकारी नीति निर्माणमा दलालहरुको हालीमुहाली बढेको र आफू त्यसको बाधक बनेको भन्नेहरुले सहकारीलाई कमाई खानेहरुका लागि नीति निर्माण गर्न दबाब आएता पनि आफू त्यसको विपक्षमा रहेको केसीले प्रष्ट्याए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालले अन्य मूलकसँगको पारवहन सन्धिका लागि समेत बाटो खुल्नुका साथै भारतसँगको परनिर्भरताको अन्त्य हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ