arrow

लगानी सम्मेलन : उद्घाटन सत्रमा थाईल्याण्डको एउटै कम्पनीका दुईजनाको सम्बोधन

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
Investment_Summit_2020751.png

काठमाडौं । सरकारले गर्न लागेको लगानी सम्मेलनको शुक्रबार राजधानीमा औपचारिक उद्घाटन हुँदैछ । दुईदिनसम्म राजधानीको सोल्टी होटलमा आयोजना हुने सो सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० बढी लगानीकर्ताको सहभागी हुने जानकारी लगानी बोर्डले दिएको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले गर्दैछन् । प्रधानमन्त्री ओ‌ली, अर्थमन्त्री डा युवराज खतिवडा र लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी तीनै आयोजकले उद्घाटन सत्रमा सम्बोधन गर्ने बताईएको छ । उद्घाटन सत्रमा यी ३ आयोजक बाहेक पनि विभिन्न ५ जना अन्तराष्ट्रिय व्यक्तित्वहरुले सम्बोधन गर्ने तय भएको लगानी बोर्डले जनाएको छ । 

बोर्डका अनुसार सबैभन्दा पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिसकेपछि अर्थमन्त्री डा युवराज खतिवडाले कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । उनीपछि विभिन्न देशबाट आएका ५ जना अधिकारीहरुले सम्बोधन गरेपछि मात्रै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । 

अर्थमन्त्री युवराज खतिवडा पछि सम्बोधन गर्ने व्यक्ति हुन् म्यानमारका केन्द्रीय मन्त्री यू थ्युङ तुन । तुनपछिको सम्बोधनको पालो विश्व बैंकका उपाध्यक्ष हार्टि्वङ स्क्याटरको आउने बोर्डले बताएको छ । त्यस्तै एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन च्छें, थाईल्याण्डको मेन हर्ट ग्रुपका अध्यक्ष शाहजाद नसिम र मेन हर्ट ग्रुपका नै कार्यकारी अध्यक्ष एम जी जर्ज मुथाईले सम्बोधन गर्ने भएका छन् । 

यस सम्मेलनको उद्घाटनमा एउटै कम्पनीका दुई जना प्रतिनिधिहरुलाई बोल्ने समय दिईनुले सरकारले त्यो समूहलाई ठूलो महत्व दिएको मान्ने गरिएको छ । विश्व बैंक र एशियाली विकास बैंक बाहेकका उद्घाटन शत्रमा बोल्ने नसिम र मुथाईको कम्पनी थाईल्याण्डको एक चर्चित कम्पनी हो । विभिन्न १० वटा देशहरुको १९ क्षेत्रमा लगानी गर्दै आएको सो कम्पनीको सुरक्षा क्षेत्रदेखि मेट्रो निर्माण जस्ता क्षेत्रमा लगानी छ । यही ग्रुपका अध्यक्ष र कार्यकारी अध्यक्षलाई अध्यक्षलाई सरकारले उद्घाटन सत्रमा नै महत्व दिएर सम्बोधन गर्न दिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ